कालापानीमा रहेका भारतीय सेना हटाउन संकल्प प्रस्ताव

Spread the love

काठमाडौं : भारतले आफ्नो नक्सामा समावेश गरेको नेपाली भूमि लिम्पियाधुरासहित कालापानी क्षेत्र फिर्ता ल्याउन माग गर्दै प्रतिनिधिसभामा दर्ता भएको संकल्प प्रस्तावमाथि आज छलफल हुँदैछ। सत्तारुढ दल नेकपाका सांसद एवं पूर्वमन्त्री खगराज अधिकारीले संकल्प प्रस्ताव दर्ता गरेका छन्।

सांसद रामकुमारी झाँक्री समर्थक रहेको प्रस्ताव बिहीबारको प्रतिनिधिसभा बैठकमा प्रस्तुत हुने संसद् सचिवालयको कार्यसूचीमा छ। प्रस्तावमा कालापानी क्षेत्रमा रहेका भारतीय सेना हटाउनुपर्ने उल्लेख छ।

संकल्प प्रस्तावमा ‘भारत सरकारले नेपालको दार्चुला जिल्लाको कुटियाङदी र लिम्पियाधुरा क्षेत्र समावेश गरी नक्सा प्रकाशित गरेपछि सर्वदलीय बैठकबाट नेपालको भूभाग कसैबाट कुनै पनि प्रकारले हडप्ने काम नहोस् भन्ने अडान कायम गरी नेपाल सरकारलाई निर्देशन गरेकाले कुटनीतिक र अन्य पहलकदमी गरी नेपालको भूभाग कायम गर्न र कालापानी क्षेत्रमा रहेका विदेशी सेना हटाउन आवश्यक भएको’ भन्ने उल्लेख छ।

प्रतिनिधिसभाको बैठक बिहीबार बिहान ११ बजे बस्दै छ ।

‘नमस्ते नेपाली डट कम्’ मा तपाईको व्यवसाय वा संघ संस्थाको प्रवर्द्धन र प्रचार प्रसार गरेर व्यवसायिक लाभ लिनुहोस् :

भारतले कात्तिक १६ गते नेपाली भूभागसहित समेटिएको राजनीतिक नक्सा जारी गरेको थियो। नेपालभित्र चर्को विरोध भएपछि प्रधानमन्त्री केपी ओलीले कात्तिक २२ गते सर्वपक्षीय र सर्वदलीय बैठक बोलाएका थिए। सर्वपक्षीय बैठकले भारतले आफ्नो नक्सामा समेटेको नेपाली भूमि फिर्ता ल्याउन कुटनीतिक पहल गर्न सरकारलाई आग्रह गरेको थियो।

सीमा सुरक्षामा संकल्प : कालापानीबाट भारतीय सेना हटाउने
संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध समिति र राज्यव्यवस्था तथा सुशासन समितिले लिम्पियाधुरासहितको नेपाली नक्सा सार्वजनिक गर्न सरकारलाई निर्देशन दिएका थिए। त्यस्तै राष्ट्रियसभाले भारतसँगको सीमा विवादसम्बन्धी विषयको संकल्प प्रस्ताव स्वीकृत गर्दै कार्यान्वयन गर्न सरकारलाई निर्देशन दिएको थियो।

पुस १७ गतेको राष्ट्रियसभा बैठकले सर्वसम्मत रूपमा संकल्प प्रस्ताव पारित गरेको थियो। सरकारले अहिलेसम्म नयाँ नक्सा सार्वजनिक गरेको छैन भने अतिक्रमित नेपाली भूमि फिर्ता गर्न प्रभावकारी कुटनीतिक पहल नगरेको आरोप लाग्दै आएको छ।

आजको बैठकमा अर्थ एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. युवराज खतिवडाले “धितोपत्र सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७६ माथि विचार गरियोस्” भनी प्रस्ताव प्रस्तुत गर्ने कार्य सूची छ ।

त्यसैगरी गृहमन्त्री रामबहादुर थापाले ‘कारागार विधेयक, २०७६ लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाईयोस्’ भन्ने प्रस्ताव, ‘अन्तरदेशीय संगठित अपराध विरुद्धको महासन्धि अन्तर्गतको पालेर्माे अभिसन्धि (Palermo Protocol) को प्रावधानमाथि सदनमा छलफल गरियोस्’ भन्ने प्रस्ताव र ‘अन्तरदेशीय संगठित अपराध विरुद्धको महासन्धि अन्तर्गतको पालेर्माे अभिसन्धि (Palermo Protocol)लाई अनुमोदन गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संघीय संसदको महासचिव मनोहरप्रसाद भट्टराईले जानकारी दिए।

यस्तो छ आजको कार्यसूची

तपाईको प्रतिक्रिया दिनुहोस

About NamasteNepali.com

View all posts by NamasteNepali.com →

Leave a Reply

Your email address will not be published. Required fields are marked *