महिला समाज पोर्तुगलले करिनाको परिवारलाई ५६ हजार रुपैयाँ सहयोग गर्‍यो

Spread the love

लिस्बन । धेरै सञ्चारमाध्यममा स्थान पाएको धादिङ जिल्ला निलकण्ठ नगरपालिका वडा नं. १२ को घटनाले सबैको मन दुखित तुल्याउने गर्दछ । डिप्रेसनका बिरामी हिराबहादुर थापाले कार्तिक २० गते टाकीको रुखमा झुन्डिएर आत्महत्या गरेका थिए ।

तीन वर्षदेखि प्यारालाइसिस भएकी ३३ वर्षीया लक्ष्मी थापा मगर हलचल गर्नै नसक्ने अवस्थामा छिन् । उनको दिशापिसाब सबै ७ कक्षामा पढ्ने १३ वर्षीया करिना थापा मगरले व्यवस्थापन गर्दछिन् ।

११ वर्षीय काजीराम थापा मगर बर्खी बारेर बसेका छन् । उनी ५ कक्षामा पढ्छन् । ८ वर्षीया कान्छी छोरी सोमकुमारी थापा मगरको शरीरभरि कालो धब्बा, पानीको फोका र रौं ले ढाकेको छ । जेठी छोरी करिनाले पूरै घर धानेकी छन् ।

मुश्किलले बस्न मिल्ने एउटा छाप्रो छ । खाना खाने सरसामान छैन । आधा दिनसम्म नानीहरु भोकै बसेको देखिन्छ । झट्ट हेर्दा फिल्मी कथाजस्तो करिनाको परिवारबारेको यो समाचारमा संसारभरका हजारौं नेपालीहरुले सामाजिक सञ्जालहरुमा दर्दनाक र कारुनिक भन्दै सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् ।

नेपाली महिला समाज पोर्तुगलले पनि करिनाको परिवारलाई ५६ हजार १७४ रुपैयाँ सहयोग गरेको छ । समाजले तिहारको अवसरमा देउसी भैलो खेलेर सङ्कलन गरेको रकम सो परिवारलाई सहयोग गरेको अध्यक्ष निर्मला ढकाल खरालले बताएकी छिन् ।

तपाईको प्रतिक्रिया दिनुहोस

About NamasteNepali.com

View all posts by NamasteNepali.com →

Leave a Reply

Your email address will not be published. Required fields are marked *