मृत घोषणा गरेको १० घण्टामा ब्युँझिएपछि…

Spread the love

युक्रेनमा ८३ वर्षीया वृद्ध मृत घोषणा गरिएको १० घण्टापछि पुर्नजीवित भएकी छन् । स्टिरजावका शहरका वाली जीनिया दिमुख रिटायर्ड नर्स हुन् । उनी एक हप्ताअघि कोमामा थिइन् । उनका परिवारले उपचारका लागि घरमा डाक्टर बोलाए । ती महिलाको अवस्था गम्भीर भएको कारण उनलाई अस्पताल लगिएमा समस्या बढ्न सक्ने डरले घरमै औषधी उपचारसहित आराम गर्न भनियो ।

तर केही समयपछि जीनियाले शवास फेर्न छोडिन् । यस पटक परिवारले डाक्टरसँगै प्रहरीलाई पनि बोलाए । डाक्टरले जाँच गरेपछि जीनियाले संसार छोडिसकेको बताए । यसपछि परिवारले क्रिया सुरु गरे । स्थानीय अधिकारीहरूले उनको मृत्यु दर्ता समेत गर्न भ्याए । र परिवारले एक चिहान खनेर पास्टरलाई बोलाए ।

जीनियाको परिवारले उनलाई गाड्न सबै व्यवस्था गरिसकेका थिए । यसपछि उनकी छोरीले केही अनौठो महसुस गरिन् । जीनियाको निधार तातो थियो । उनी जिउँदै थिइन् । उनलाई अस्पताल पनि लगियो ।

३७ वर्षको चिकित्सा यात्रामा यो पहिलो घटना हो, जीनियाको उपचार गर्ने डा. भ्लादिमीर चेकोटारेभले भने ।

जब जीनयालाई अस्पताल पुर्या‍इयो उनी स्टेज ३ कोमामा पुगेकी थिइन् । स्टेज ३ कोमामा भएका बिरामी एक जिउँदो लाश बनिदिन्छन् । एक हप्ता अस्पतालको बसाईपछि जीनिया कोमाबाट बाहिर आएकी छन् ।

निको भएपछि जीनियाले कोमाको बेलामा देखेका घटना विस्तारमा बताइन्, ‘मैले स्वर्ग देखेको थिएँ, त्यहाँ मैले मेरो बुवालाई बोलाए।’ मैले उनलाई सीधेँ स्वर्गमा बस्न सजिलो छ? मैले उसलाई भेट्ने आशा गरें, तर जब मैले मेरो आँखा खोलें, मेरा वरिपरि सेतो लुगा लगाएका मानिस थिए । मलाई लाग्यो तिनीहरू स्वर्गदूतहरू हुन्, तर उनीहरू डाक्टरहरू थिए। भगवानको कृपाले मैले फेरि जीवन पाएँ।’

तपाईको प्रतिक्रिया दिनुहोस

About NamasteNepali.com

View all posts by NamasteNepali.com →

Leave a Reply

Your email address will not be published. Required fields are marked *