गोकुलप्रसाद बाँस्कोटा टेप प्रकरण नक्कली – प्रम ओली

Spread the love

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्व सञ्चार तथा सूचनाप्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाको टेप प्रकरण नक्कली भएको बताउनुभएको छ ।

बिहीबार बागमती प्रदेशस्तरीय कार्यकर्ता भेलामा बोल्नुहुँदै उहाँले टेप प्रकरणमा मन्त्रीको नाम आएकाले मात्र नैतिकताका आधारमा राजीनामा दिनुभएको स्पष्ट पार्नुभएको हो ।

कतै पनि उजुरी र मुद्दा नलागे पनि विना प्रमाण पूर्वमन्त्री बाँस्कोटाले राजीनामा दिएको बताउनुहँदै प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘‘उहाँको नामसँगै मेरो विषय पनि आएको छ, कँही कतै उजुरी परे त्यो मात्र पत्रु उजुरी हुने हुनेछ ।’’

प्रधानमन्त्री ओलीले पार्टीलाई बद्नाम गर्ने र नेतृत्वको चरित्र हत्या गर्ने काम भइरहेको बताउँदै पार्टी, नेता र सरकारलाई बदनाम गर्ने काम शुरू भएको बताउनुभयो ।

सरकारले भ्रष्टाचारको बाटो समाउँछ भन्ने चिन्ता नगर्न नेता कार्यकर्तालाई प्रधानमन्त्री ओलीले बताउनुहुँदै सरकार र पार्टीdf भ्रष्टाचार हुने नदिने प्रतिबद्धता व्यक्त गर्नुहुँदै भन्नुभयो, ‘सरकारले भ्रष्टाचारको बाटो समात्दैन ।’

नेकपाका अध्यक्ष पनि रहनुभएका प्रधानमन्त्री ओलीले आफ्नो नेतृत्वको सरकारमा काेही पनि भ्रष्ट नभएको स्पष्ट पार्नुहुँदै कोही कतै दोषी ठहरिए कार्वाही गर्ने बताउनुभयो ।

‘म होलटाइमर भएर काम गरेको ५२ वर्ष भयो, पञ्चायत शासनको बेला जेलमा हुँदा एउटा कागजमा सही गरेको भए त्यतिबेलै मन्त्री बनिन्थ्यो, हत्कडी लगाएर बिरामी भएर कागजमा सही नगरेको धन कमाउन हो ?’ उहाँले विगतमा कसैसँग नझुकेको स्मरण गर्नुहुँदै भन्नुभयो, ‘मन्त्री बन्न र धन कमाउनको लागि राजनीति गरेको नभएर आफू देश बनाउन हिँडेको हो, धन कमाउने भए व्यापार गर्थें ।’

उहाँले पहिलो पटक प्रधानमन्त्री भएको बेला विदेशी शक्तिसँग सम्झौता नगरेर राष्ट्रवादी भएर जनताको लोकप्रिय भएको बताउँदै भन्नुभयो, ‘अहिले दुईतिहाईको सरकारले देश बनाउन सकेनौं भने कस्ले बनाउँछ ?’

सोही कार्यक्रममा पूर्वप्रधानमन्त्री तथा अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय हित अनुकूल हुने गरी एमसीसी पास हुनसक्ने बताउनुभयो ।

उहाँले अमेरिकी सैन्य गठबन्धनसँग एमसीसीसँग सम्बन्धित हो कि भन्ने आशंका पार्टीको केन्द्रीय समितिको बैठकमा उठेकाले एक कार्यदल गठन गरी अध्ययन भइरहेको जानकारी दिनुभयो ।

कार्यक्रममा करिब २५ सय कार्यकर्ताहरुले भाग लिएको आयोजकले जानकारी दिएको छ । उपेश महर्जनले गोरखापत्रमा समाचार लेखेका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस

About NamasteNepali.com

View all posts by NamasteNepali.com →

Leave a Reply

Your email address will not be published. Required fields are marked *