अष्ट्रेलियामा रहस्यमय मानव आकृति

Spread the love

अष्ट्रेलियामा आधुनिक कलाको एउटा रहस्य अझै पनि वैज्ञानिकले खुलाउन सकेका छैनन् । नासाले समेत यसको भेद के हो थाहा पाएको छैन ।

सन् १९९८ मा एक जना हेलिकोप्टर पाइलटले अस्ट्रेलियाको दक्षिणमा रहेको एक सुनसान क्षेत्रमा २ . ६ माइल लामो एउटा मानव आकृति जमिनमा कोरिएको पाएन देखेका थिए । जुन आकृति अस्ट्रेलियाका रैथाने एवेर्जिनल सिकारीको जस्तो लाग्छ ।

त्यो विशाल आकृति कसले बनायो कसैलाई थाहा छैन र कसैले दाबी समेत गरेको छैन । किन बनाइयो त्यसको कुनै कारण पनि देखिदैन । त्यो आकतिलाई म्यारी म्यान पनि भन्ने गरिएको छ ।

सन् २०१८ मा अस्ट्रेलियाका व्यवसायी डिक स्मिथले त्यस कलाका बारेमा कुनै पनि जानकारी दिनेलाई पाँच हजार अस्ट्रेलियाली डलर पुरस्कार दिने घोषणा गरे तर रहस्य खोल्न कोही पनि आएन ।

एडिलेडदेखि सात सय किलोमिटर उत्तरमा मरुभूमिमा कोरिएको यस आकृतिलाई हेर्न धेरै पर्यटक आउने गरेका छन् । जमिनबाटै हेर्दा त्यति थाहा नहुने भएकाले हवाई सेवा लिएर बढी पर्यटक आउँछन् ।

म्यारी म्यानलाई औसत १४ इन्च गहिरो हुने गरी कोरिएको छ । सन् २०१६ मा नजिकैको म्यारी नगरका बासिन्दाको एक समूहले आकृति घुलोले पुरिन लागेको भन्दै आकृतिका रेखालाई खनेर पुनर्जीवन दिएका थिए । त्यसपछि नासाले गत जुनमा भूउपग्रहद्वारा त्यसको नयाँ तस्वीर खिचेर सार्वजनिक गर्‍यो ।

म्यारी म्यानको रहस्य खोल्न धेरै प्रयास गरिएको छ । स्मिथले दुई वर्षसम्म अनेक उपाय गरे तर सफलता पाएनन् । एउटा कुरा छ स्पष्ट जसले त्यो बनाएको हो उसलाई कलासम्बन्धी राम्रो ज्ञान छ । विशाल आकृतिलाई हेर्दा त्यस कार्यमा जीपीएस प्रविधिसमेत उपयोग गरिएको हुनसक्छ ।

सो आकृति खोज्ने पाइलट ट्रेभर राइट अचानक आफूले सो आकृति देखेको बताउँछन् तर त्यसअघि नै स्थानीय व्यवसायी र सञ्चारमाध्यममा आकृतिका बारेमा उल्लेख गरी अज्ञात मानिसले फ्याक्स पठाएका थिए । फ्याक्समा अमेरिकी भाषाका शब्द विन्यास र सन्दर्भ प्रयोग गरिएका कारण अमेरिकीले सो आकृति बनाएको अनुमान पनि गरिन्छ ।

सोही क्षेत्रमा एउटा अमेरिकी झण्डा र ओलम्पिक रिङहरू अड्कित एउटा खन्ती पनि फेला पारिएको थियो । तर अनुसन्धानलाई प्रभावित पार्नका लागि गरिएको सो खन्ती त्यहाँ राखिएको विश्लेषण पनि गरिन्छ । कुनै स्थानीय कलाकार वा अस्ट्रेलियाको सेनाका सदस्यले आकृति बनाएको पनि अनुमान छ । – युवा मञ्चबाट

तपाईको प्रतिक्रिया दिनुहोस

About NamasteNepali.com

View all posts by NamasteNepali.com →

Leave a Reply

Your email address will not be published. Required fields are marked *