रहस्यमै रहेका संसारका अनौठा पाँच घटनाहरु

Spread the love

एजेन्सी । संसारमा दैनिक रुपमा घटनाहरु हटिरहेका हुन्छन् । अनुसन्धानद्वारा ती घटना घट्नुको पछाडीका कारणहरु सार्वजनिक हुन्छन् । तर संसारमा घटेका यस्ता केही घटनाहरु छन् जो लामो समय बितिसक्दा पनि रहस्यमै रहिरहेका छन् । यहाँ त्यस्ता पांच घटना उल्लेख गरिएको छ :

१. १ लाख २० हजार हरिणको मृत्यु

मे २०१५ मा कजाकस्तानमा केही दिनको अन्तरमै १ लाख २० हजार भन्दा बढि हरिणको मृत्यु भएको थियो । केही बैज्ञानिकले हरिणमा पैथजन भन्ने एक प्रकारको रोग सर्नाले हरिण मरेको कुरा राखेतापानी ठोस कारण अहिले सम्म पत्ता लागेको छैन ।

२. क्रिपी क्लाउन (खतरनाक जोकर)

अमेरिकी प्रान्तको अल्वेनीमा एक पटक क्रिपी क्लाउन (खतरनाक जोकर) देखिएको थियो । केहीले यो क्लिफटन पार्कमा देखिएको भनेतापनि यो कहाँबाट आयो र कहाँ गायब भयो अहिलेसम्म पत्ता लाग्न सकेको छैन ।

३. मलेशियन एयरलाइन्सको उडान

२०१४ मार्चमा मलेशियन एयरलाइन्सको फ्लाइट एकाएक गायब भएको थियो । यो उडान भएको केही बेरमै एयर ट्राफिक कन्ट्रोलको सम्पर्कबाट बिच्छेद भएको थियो । प्लेनमा २३९ जना यात्रुहरु थिए । अझै खोज जारी राखिएको भएपनि यो कहाँ गायब भयो अहिलेसम्म पत्ता लाग्न केही पत्ता लाग्न सकेको छैन ।

४. कजाकस्तानको अजिब आकृति

कजाकस्तानको तुरगई क्षेत्रमा बनेको अजिबको आकृति सबै मानिसको लागि रहस्यमय छ । यो करिव ८ हजार बर्ष पुरानो संस्कृतिको निशानी मानिन्छ । तर यसले के अर्थ राख्छ कसैलाई थाहा छैन । विज्ञहरु भने अमेरिकी देश पेरुको नाज्का लाईन्स जस्तै रहेको बताउँछन् ।

५. रहस्यमय जहाज

सन् २०१५ मा जापानको उत्तर पश्चिमी इलाकामा केही समुद्री जहाज फेला परेको थियो । यसमा सडेको अवस्थामा मान्छेको लासहरु फेला परेको थियो । करिव ३० वटा यस्ता जहाज फेला परेको थिए । तर त्यो जहाज कहाँबाट आयो कसरी आयो, कसले पठाएको हो ? अहिलेसम्म रहस्यमै छ ।

तपाईको प्रतिक्रिया दिनुहोस

About NamasteNepali.com

View all posts by NamasteNepali.com →

Leave a Reply

Your email address will not be published. Required fields are marked *