हिउ पग्लेर पानी बन्यो पानी बगी खोली, कस्लाई के थाहा जिन्दगानी आज हो कि भोलि ।
पिंडालु खुर्केर काँट त्यत्तिकै बोक्राले कोक्याउला, बेलैमा होश गर सानु बैमानी बैशले झुक्याउला ।
वनको काफल खाने चरी वनकै गीत गाउछ, ढिलोचाँडो एकदिन पालो जस्को पनि आउछ ।
झ्याप्प काँटी लाकुरीको बननबुट्टे लौरी, घारमा रानो नभएसी भौतारिन्छ मौरी ।
पिंडालु खुर्केर काँट त्यत्तिकै बोक्राले कोक्याउला, बेलैमा होश गर सानु बैमानी बैशले झुक्याउला ।
हाँगा काँटे लौरी हुन्छ रुखै काँटे दार, साँच्चै तिम्रो साथ पाएमा खाने छैन हार ।
पिंडालु खुर्केर काँट त्यत्तिकै बोक्राले कोक्याउला, बेलैमा होश गर सानु बैमानी बैशले झुक्याउला ।
सुन हुनेले सुन लाउने हो नहुनेले चाँदी, सुख पर्दा सम्झिए पो दु:ख आधी आधी ।
पिंडालु खुर्केर काँट त्यत्तिकै बोक्राले कोक्याउला, बेलैमा होश गर सानु बैमानी बैशले झुक्याउला ।
पीर चिन्ताले मन खान्छ काठकीराले काठ, के काम लाग्यो नीद हराएसी सुनै सुनको खाट ।
पिंडालु खुर्केर काँट त्यत्तिकै बोक्राले कोक्याउला, बेलैमा होश गर सानु बैमानी बैशले झुक्याउला ।
बेटरीको शक्ति छ र लाइटर बल्छ झल्ल, वैश के हो माया के हो बुझ्न पाए बल्ल ।
पिंडालु खुर्केर काँट त्यत्तिकै बोक्राले कोक्याउला, बेलैमा होश गर सानु बैमानी बैशले झुक्याउला ।
दुई माना दूध तीन माना भो पानी मौले मौले, थुक निलेर टुलु टुलु हेर्न वाध्य हौली ।