कुवेतमा फेरि एक नेपाली युवकको निधन

Spread the love

कुवेत । कुवेतमा फेरि एक नेपाली युवकको निधन भएको छ ।

रसुवा जिल्ला घर भएका धनकृष्ण ग्याबाको मंगलबार राति निधन भएको नेपाल कुवेत सरोकार समाजका अध्यक्ष राम तामाङले जानकारी दिएका छन् ।

माहाबुल्लास्थित ब्लक १ मा बस्दै आएका ३२ बर्षिय ग्याबाको १८ फेब्रअरी (मंगलबार राति) आफ्नै कोठामा निधन भएको हो । इनास कम्पनिमा चार बर्षदेखी कार्यरत धनकृष्णको हृदयघातबाट ज्यान गएको भनिएपनि उनको मृत्यु बारे सम्बन्धित निकायबाट आधिकारिक जानकारी आएको छैन । उनको शव पोस्टमार्टमका लागि हस्पिटल लगेको बुझिएको छ ।

घटनाबारे कुवेतस्थित नेपाली राजदूतावासमा सामान्य जानकारी आएपनि विस्तृत जानकारी आउन बाँकी रहेको दुतावासले बताएको छ ।

स्मरण रहोस्, एकसाता अघि कुवेतमा ६ नेपालीको निर्माणस्थलमा कामगर्ने क्रममा बालुवाको ढिस्कोले पुरिएर मृत्यु भएको थियो ।

तपाईको प्रतिक्रिया दिनुहोस

About NamasteNepali.com

View all posts by NamasteNepali.com →

Leave a Reply

Your email address will not be published. Required fields are marked *