पोर्तुगलका शेर्पाहरुले ल्हप्सो पूजा गर्न वौद्ध छोर्तेनमा कार्यक्रम गर्ने

Spread the love

लिस्बन । शेर्पा किदुक पोर्तुगल ग्याल्बो ल्होछारको अवसर पारी ल्हप्सो पूजाको आयोजना गरेको छ । २१४७ औं ग्याल्बो ल्होछारमा किदुकले अल्कासेर दु सालमा रहेको थोप्तेन फुन्त्सोग गेफेल लिङ नामक वौद्ध छोर्तेनमा कार्यक्रम आयोजना गरेको हो ।

लिस्बनदेखि १२० किलोमिटरको दूरीमा रहेको रमणीय धार्मिक स्थलमा आयोजना गरिएको कार्यक्रममा नेपाली समुदायबीच परिचित नाम लामा ग्युर्मेलगायत शेर्पा लामाको पनि उपस्थिति रहनेछ ।

कार्यक्रममा जान आउनकालागि लिस्बन र अल्मादाबाट बसको व्यवस्था गरिएको छ । ग्याल्बो लोछार च्याग-फो, चिवा-ल्होको अवसरमा किदुकले धार्मिक कार्यक्रममा उपस्थित भैदिनुहुन अनुरोध गरेको छ ।

फेब्रुअरी २६ तारिख वुधबारका दिन बिहान ८:३० बजे बस छुट्नेछ । इच्छुक सबैलाई सहभागीताका लागि सम्पर्क गर्न किदुकका अध्यक्ष निमल्हमु शेर्पाले अनुरोध गरेकी छन् ।

सहभागी हुन चाहनेले निमल्हमु ९२००२३२६८, कुसाङ शेर्पा ९२०२३२२७१, फुर्वाफुटी शेर्पा ९२०३२६७५१, सुमी शेर्पा ९२००४८५८९ र लाक्पाछोटी शेर्पा ९२०५४५२६१ सँग सम्पर्क राख्न किदुकले अनुरोध गरेको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस

About NamasteNepali.com

View all posts by NamasteNepali.com →

Leave a Reply

Your email address will not be published. Required fields are marked *