चिया छानेको लयमा कमला घिमिरे र अमृत सापकोटाको लोक दोहोरी हेर्न नछुटाउनुहोला

Spread the love

नानी तिमी ज्ञानी छौं सानी छौं, कत्ति मिठो गीत गाउन जानिछौं

चिया छानेको बोलीले हँसाउन कत्ति जानेको !

सुखीलाई पो खुशी र जीत हुन्छ, दुखीको त मुखैमा गीत हुन्छ

चिया छानेको बोलीले हँसाउन कत्ति जानेको !

तिम्रै बयान चलेको छ कत्ति, शिरमा देवी मुखैमा सरस्वती

चिया छानेको बोलीले हँसाउन कत्ति जानेको !

गीतै आउछ अरु केही आउँदैन, गाउन पाए भोक तिर्खै लाउदैन

चिया छानेको बोलीले हँसाउन कत्ति जानेको !

चोली लाउन गुनियो लाउन, तिम्लाई कल्ले सिकायो गीत गाउन

चिया छानेको बोलीले हँसाउन कत्ति जानेको !

उड्ने चरी भोकले मर्छ र, वनको काँडा तिखार्नु पर्छ र ?

चिया छानेको बोलीले हँसाउन कत्ति जानेको !

पहिलो गीतको शुरु त होला नि ? गीत सिकाउने गुरु त होला नि !

चिया छानेको बोलीले हँसाउन कत्ति जानेको !

जन्म दिने बाआमा हुन् गुरु, उनकै काखमा भाको हो गीत शुरु

चिया छानेको बोलीले हँसाउन कत्ति जानेको !

यो उमेरमा यहाँसम्म आएको, कहिले हो नि पहिलो गीत गाएको

चिया छानेको बोलीले हँसाउन कत्ति जानेको !

काखमै हुँदा गीत मात्रै सुन्थे रे, भोक लाग्द नि गीतैमा रुन्थे रे

चिया छानेको बोलीले हँसाउन कत्ति जानेको !

सबको माया आशिर्वाद पाएर, तिमी कहिल्यै नथाक्ने गाएर

चिया छानेको बोलीले हँसाउन कत्ति जानेको !

ध्यान त मेरो गीतमै छ रातदिन, गाउन सक्छु सातै रात सातै दिन

चिया छानेको बोलीले हँसाउन कत्ति जानेको !

धेरै गाइछ्यौ दोहोरी गीत, अहिलेसम्म कत्ति भो हारजीत

चिया छानेको बोलीले हँसाउन कत्ति जानेको !

त्यत्ति साह्रै जान्ने त भाछैन, तर पनि हारेकी कही छैन

चिया छानेको बोलीले हँसाउन कत्ति जानेको !

स्कूल छोडी पढने बेलामा, हिड्छौ अ रे रमाइलो मेलामा

चिया छानेको बोलीले हँसाउन कत्ति जानेको !

स्कूल बिदा पारेर हिनिछु, कापी किताब गाएरै किनिछु

चिया छानेको बोलीले हँसाउन कत्ति जानेको !

मान्छे सानी ठूली छौ नामको, बा को माया लाग्छ कि आमाको ?

चिया छानेको बोलीले हँसाउन कत्ति जानेको !

बा आमा त मायाको खानी हुँन्, दुवै मेरो आँखाको नानी हुन्

चिया छानेको बोलीले हँसाउन कत्ति जानेको !

ज्ञानी हुनु भुसुक्कै पढ्नु, अभिमानी भएर नचल्नु

चिया छानेको बोलीले हँसाउन कत्ति जानेको !

पैसाभन्दा इज्जतकी भोकी छु, संस्कारसँगै संस्कृति बोकी छु

चिया छानेको बोलीले हँसाउन कत्ति जानेको !

तपाईको प्रतिक्रिया दिनुहोस

About NamasteNepali.com

View all posts by NamasteNepali.com →

Leave a Reply

Your email address will not be published. Required fields are marked *