चौतारीको वर, पीपलुलाई भर लयमा विक्रम परियार र सुमित्रा तामाङको लोक दोहरी हेर्न नछुटाउनुहोला

Spread the love

हराभरा डाँडैको चौतारी, म त उजाड नहुँदा दौतरी

चौतारीको वर, पीपलुलाई भर माया पर पर के रमाइलो छ र ?

यतै छु म गाछैन लङ्कामा, किन बस्छौ रामजस्तै शङ्कामा

चौतारीको वर, पीपलुलाई भर छैन पर पर मलाई माया गर ।

रुख हरियो हाँगामा पात हुँदा, म हरियो मायालु साथ हुँदा

चौतारीको वर, पीपलुलाई भर माया पर पर के रमाइलो छ र ?

म पीपलु तिमी हौ वर मेरो, बनाउने हो त्यही दिलमा घर मेरो

चौतारीको वर, पीपलुलाई भर छैन पर पर मलाई माया गर ।

तिमी भाको ठाउँँतिर घामपानी, एकै आखर भनिनौ जाम पनि

चौतारीको वर, पीपलुलाई भर माया पर पर के रमाइलो छ र ?

देख्न हुरी नपरोस् जलेको, वर सुकेको पीपलु ढलेको

चौतारीको वर, पीपलुलाई भर छैन पर पर मलाई माया गर ।

मैले देको माया कम थियो कि, कोही कसैले थपेर दियो कि ?

चौतारीको वर, पीपलुलाई भर माया पर पर के रमाइलो छ र ?

जूनले फूल सुकाउन्न कहिले नि, तिम्रो दिल दुखाउन्न मैले नि

चौतारीको वर, पीपलुलाई भर छैन पर पर मलाई माया गर ।

तपाईको प्रतिक्रिया दिनुहोस

About NamasteNepali.com

View all posts by NamasteNepali.com →

Leave a Reply

Your email address will not be published. Required fields are marked *