‘लुट्न सके लुट’ पछि पशुपति शर्माले ल्याए ‘जता नि चोर’

Spread the love

चर्चित लोकगायक पशुपति शर्माले ‘लुट्न सके लुट’ भाग (२) गीत ल्याएका छन् । शर्माको ‘जता नी चोर’ बोलको गीत बिहीबार युट्युबमा सार्वजनिक भएको हो । उनले यसअघि ल्याएको ’लुट्न सके लुट’ गीत शब्द र दृश्यका कारण विवादित बनेको थियो ।

‘जता नी चोर’ गीतको शब्द, संगीत र स्वर पनि गायक शर्माको नै रहेको छ । गीतको एरेन्ज भने केशब बडुले गरेका छन् । यो गीतमा पनि पशुपति शर्माले नेपालको राजनीति, प्रशासन क्षेत्रमा रहेको विकृतिलाई उठान गरेका छन् । उनले नेपाली समाजमा रहेको विकृति, काम नगर्ने तर हल्ला बढी गर्ने प्रवृत्तिलाई गीतमार्फत पेचिलो व्यङ्ग्य गरेका छन् ।

दुर्गा पौडेलद्धारा निर्देशित गीतमा पशुपति शर्माको नै मुख्य अभिनय रहेको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस

About NamasteNepali.com

View all posts by NamasteNepali.com →

Leave a Reply

Your email address will not be published. Required fields are marked *