आलमको डरले न्यायाधीशले जिल्ला छाडेका हुन् त ?

Spread the love

काठमाडौं । न्युज २४ टेलिभिजनको विशेष कार्यक्रम ‘सीधाकुरा जनतासँग’को आज ४५७ औं एपिसोड हो । कार्यक्रमको आवजको एपिसोडमा पनि विभिन्न विशेष रिपोर्टहरु प्रस्तुत गरिएको छ ।

निम्न विषयमा रिपोर्टहरु प्रस्तुत गरिएको छ :

१. आलम नख्खु कारागारमा, रौतहटमा किन बढ्यो सुरक्षा चुनौति ?

कांग्रेस नेता तथा पूर्वमन्त्री मोहम्मद आफताब आलमले बम विष्फोटका घाइतेहरुलाई ज्यूँदै ईँट्टाभट्टामा हालेको घटनामा १२ बर्षपछि शुक्रबार रौतहट जिल्ला अदालतले आरोपी आलमलाई पूर्पक्षका लागि थुनामा राख्ने आदेश दियो ।

१२ बर्षअघि घटना भएलगत्तै जति रहस्यमय ढंगले गुपचाप भएको थियो, त्यत्तिनै लामो पर्खाई, अनुसन्धान र मुद्धा दर्ता भएको १२ दिनपछि आलमलाई पूर्पक्षका लागि थुनामा पठाउने आदेशले फेरि तरंग ल्याएको छ ।

२. समयमा काम नसक्ने ठेकेदारलाई स्थानीयबासीको कारवाही, चोक र गाडीमा पोष्टर !

दोलखा । समयावधि सकिएको बर्षौं बितिसक्दा पनि बाटो नबनेपछि नगरकोटका स्थानीयले केही दिनअघि पोल–पोलमा शैलुङ कन्स्ट्रक्सनका शारदा अधिकारीको फोटो टाँसेर बिरोध गरेका थिए । त्यसको केही दिनपछि दोलखामा पनि काम नगर्ने ठेकेदारको फोटो टाँसेर बिरोध गरिएको छ ।

चरिकोटदेखि मुडेसम्म पहिलो प्याकेज सडकको काम अलपत्र पारेको भन्दै दोलखाका स्थानीयबासीले चोक तथा बसमा ठेकेदार दीपक सापकोटाको फोटो टाँसेर बिरोध गरेका हुन् ।

सेनाले सञ्चालन गरेको मेडिकल कजेलमा पनि मनलाग्दी शुल्क उठाइन्छ !

काठमाडौं । निजी मेडिकल कलेजहरुले चिकित्साशास्त्र अध्ययनमा मनलाग्दी शुल्क उठाएको भन्दै एमबीबीएस अध्यनरत देशभरका बिद्यार्थीहरु आन्दोलित छन् । सरकारले १५ दिनभित्र अतिरिक्त शुल्क फिर्ता नगरे कारवाही गर्ने चेतावनी दिएपनि हालसम्म कुनैपनि मेडिकल कलेजले शुल्क फिर्ता गरेका छैनन् ।

निजी मेडिकल कलेजहरुले मनलाग्दी शुल्क उठाएको समाचार आइरहँदा सरकारी मेडिकल कलेजले पनि चिकित्सा शास्त्र अध्ययन संस्थानले तोकेभन्दा बढी रकम असुलेको तथ्य भेटिएका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस

About NamasteNepali.com

View all posts by NamasteNepali.com →

Leave a Reply

Your email address will not be published. Required fields are marked *