भाइरल हुँदै देशका कुनाकुनामा लुकेका प्रतिभाहरु

Spread the love

काठमाडौं । पछिल्लो समय देशका कुना–कुनामा लुकेर बसेको प्रतिभाहरुलाई बाहिर ल्याउन सञ्चार माध्यमले ठूलो भूमिका खेल्दै आएका छन् । मिडिया र इन्टरनेटको सहयोगमा जो कोहीसंग भएको प्रतिभाले राम्रो स्थान पाउँदै आएको छ । र, उक्त प्रतिभाहरु सामाजिक सञ्जालमा छोटो समयमानै भाइरल बन्न थालेका छन् । जस्ले गर्दा अब प्रतिभा भएकाहरुले ‘कुवाको भ्यागुता’ बनेर बस्नु पर्ने अवस्था रहेन ।

यो इन्टरनेटको जमाना हो भन्ने कुरा हामी सबैलाई थाहा नै छ । यो समयमा सामाजिक सञ्जालले कुनै पनि विषयहरुलाई एकै छिनमा भाइरल बनाइदिन्छ । यस्ता उदाहरणहरु हामी कहाँ धेरै नै छन् । यसरी भाइरल भएकाहरु कमला घिमिरे, प्रिज्मा, प्रिन्सी खतिवडा र अशोक दर्जी लगायत अरु धेरै व्यक्तिहरु रहेका छन् । मिडियाले सार्वजनिक गरी उनीहरुलाई आफ्नो प्रतिभा प्रस्फुटन गर्न सकिने वातावरण दिलाउदै आएको छ ।

दोहोरीमा अब्बल धादिङकी कमला घिमिरेको क्षमताले सबैलाई अचम्मित पारेको छ। उनी ११ वर्षीया बालिका हुन् । दोहोरीमा उनको अद्भूत क्षमता छ । बर्षौँदेखि दोहोरीमा जमेका दोहरी गायकलाई पनि उनले धेरै पछाडि छोडेकी छिन् । उनले देश र विदेशका धेरै ठाउँहरुमा दोहोरी गाएर दर्शहरुलाई मनोरञ्जन दिइसकेकी छिन् । कमलाका फ्यानहरु कपाल फुलेको व्यक्तिदेखि युवाका साथै बालबालिकाहरु छन् ।

त्यस्तै प्रतिभावान अर्का बालक अशोक दर्जी, उनी देश, बिदेशमा छाएका छन् । सम्पूर्ण नेपालीहरुको मनमा बस्न सफल भएका छन् । सानो मान्छे ,ठूला सपना अनि मिठो अवाजमा गाउने शैली भने उनको झनै रोचक छ । जस्तोसुकै गीतलाई पनि सहज तरिकाले गाउन सक्ने खुबी उनमा छ ।

झापाका विभिन्न स्थानहरुमा एक वर्ष भन्दा अगाडि गीत गाएर आफू अनि परिवारको जीविको पार्जनमा सहयोग गदै आएका थिए अशोकले । सानो मान्छे तर जिम्मेवारी भने ठूलो थियो उनमा । सडकमा गाउँदै, पैसा माग्दै गरेको एउटा भिडियो एक्कासि युट्युव च्यानलमा अपलोड भए पछि उनी रातारात भाइरल भएका थिए । डिजे रुपेशका साथ काठमाडौँ आएर टंक बुढाथोकीसँग गीत रेर्कड गराए ।

‘मन विनाको धन ठूलो कि धन विनाको मन’ यो उनको स्वरमा रेकर्डिङ भएको पहिलो गीत थियो । जस्ले सबै संगीत पारखीको मन जित्न सफल भएको छ । यो गीत अहिले पनि बालबालिकादेखि वृद्ध वृद्धाको ओठमा झुण्डिएको छ । अशोक अहिले गायक तथा संगीतकार टंक बुढाथोकीको साथमा छन् । टंकले अशोकमा धेरै परिवर्तन ल्याएको देखिन्छ । अशोकको गायन क्षेत्र मात्र नभइ उनको शिक्षा र उनको जीवनमा पनि उत्तिकै परिवर्तन आएको छ ।

त्यस्तै अर्का टिकटकबाट एकाएक भाइरल भएका जुम्ल्याहा दिदी बहिनी प्रिज्मा र प्रिन्सी खतिवडा । उनीहरु एकपछि अर्को नेपाली म्युजिक भिडियो अभिनय गरिरहेका छन्। मोरङ रमाइलोमा जन्मिएका उनीहरु काठमाडौंमै हुर्किएका हुन् । सानैदेखि अभिनयमा रुची भएका उनीहरुले आफ्नो अभिनयलाई प्रस्तुत् गर्ने स्थान पाएका छन् ।

उनीहरुले पछिल्लो समय फिल्मको गीतमा समेत अभिनय गरेका छन् । प्रिज्मा र प्रिन्सीले भर्खरै अभिनय गरेका फिल्म ‘लभ डायरिज’को नयाँ गीत रिलिज भइसकेको छ । फिल्म ‘लभ डायरिज’मा सुशील श्रेष्ठ अभिनेता रहेका छन् ।

यसरी सञ्चार माध्यम र इन्टरनेटको सहयोगमा धेरैले आफ्नो प्रतिभालाई पोख्ने ठाउँ पाएका छन् जस्ले गर्दा प्रतिभा भएर पनि खुम्चिएर बस्नु पर्ने अवस्था भने अब रहेन ।

तपाईको प्रतिक्रिया दिनुहोस

About NamasteNepali.com

View all posts by NamasteNepali.com →

Leave a Reply

Your email address will not be published. Required fields are marked *