भीरपाखामा घैया पाक्यो मधेशमा तोरी, वैश चढी मात्तिएकी जिम्माल बाउकी छोरी
उही खोलीमा पानी, उही खोलीमा माछा उर्ली आयो वैश मेरो कहाँ जाऊ कहाँ जाऊ भाछ ।
चढ्दै आयो लाली जोवान मनले मात्र रोक्छु तिमी मेरो हुन्छउ भने तिम्रै सामु पुग्छु
उही खोलीमा पानी, उही खोलीमा माछा उर्ली आयो वैश मेरो कहाँ जाऊ कहाँ जाऊ भाछ ।
गोठमा बस्ने काली भैंसी वनमा बस्ने अर्ना, आजैदेखि हुन मन छ पीरतिमा भर्ना
उही खोलीमा पानी, उही खोलीमा माछा उर्ली आयो वैश मेरो कहाँ जाऊ कहाँ जाऊ भाछ ।
मूल खोलीमा लेउ लाग्यो खेतबारीमा सुख्खा, कल्ले सम्झ्यो आज मलाई बादुल्कीले कुक्क
उही खोलीमा पानी, उही खोलीमा माछा उर्ली आयो वैश मेरो कहाँ जाऊ कहाँ जाऊ भाछ ।
घाँसै काट्ने हँसिया त खेतै जोत्ने फाली, मूल खोलीको पानी लगाइ पार्छु हरियाली
उही खोलीमा पानी, उही खोलीमा माछा उर्ली आयो वैश मेरो कहाँ जाऊ कहाँ जाऊ भाछ ।
गहिरी खेतमा फूलै फूल्यो तारी खेतमा छैन, हुर्की आयो जोवान मेरो लाने कहिल्यै होइन
उही खोलीमा पानी, उही खोलीमा माछा उर्ली आयो वैश मेरो कहाँ जाऊ कहाँ जाऊ भाछ ।
परेवाले गुँड बुन्यो माकुरीले जाल, हाँस्दा हाँस्दै बोल्दा बोल्दै गयो अहिले साल