आलमलाई रातारात नख्खु कारागार पुर्‍याइयो

Spread the love

३० कार्तिक, रौतहट – अदालतले पुर्पक्षका लागि थुनामा पठाएका राजपुर बम काण्डका अभियुक्त महम्मद अफताव आलमलाई गौरबाट नख्खु कारागार ललितपुर सारिएको छ। आलमलाई जिल्लामा राख्न सुरक्षा जोखिम भएकाले रातारात रौतहटको गौरबाट नख्खु कारागार पुर्‍याइएको हो ।

प्रहरी उच्च स्रोतकाअनुसार आलमलाई शनिबार बिहान साढे ४ बजेतिर नख्खु कारागार पुर्‍याइयोको छ । उनलाई शुक्रबार राति नै इलाका प्रहरी कार्यालदय चन्द्रनिगाहपुरको टोलीले कडा सुरक्षाबीच हस्तान्तरण गरेको थियो ।

शुक्रबार जिल्ला अदालत रौतहटले आलमलाई थुनामा राख्न आदेश दिएको थियो । वादीको तर्फबाट १४ जना वकिलले थुनामा राखि कारबाही माग गर्दै बहस गरेका थिए भने प्रतिवादी आलमको तर्फबाट २८ जना कानुन व्यावसायीले उनको बचाउको पक्षमा बहस गरेका थिए ।

आफताब आलमलाई सर्वस्वसहित जन्मकैद माग गर्दै रौतहट जिल्ला अदालतमा मुदा दायर भएको छ। सर्वोच्च अदालतले २०६९ जेठ १६ गते आलमलाई पक्राउ गरी अनुसन्धान गर्न आदेश दिएको भए पनि उनी बच्दै आएका थिए ।

पछिल्लो पटक पीडितहरुले सर्वोच्चको आदेश कार्यान्वयन नभएको भन्दै गृह मन्त्रालय र नेपाल प्रहरीविरुद्ध अवहेलना मुद्दा दर्ता गरेलगत्तै सर्वोच्च अदालतले के कारणले पक्राउ नगरेको भन्दै पत्र लेखेपछि प्रहरीले उनलाई असोज २६ गते पक्राउ परेको थियो । – नागरिकन्युज

तपाईको प्रतिक्रिया दिनुहोस

About NamasteNepali.com

View all posts by NamasteNepali.com →

Leave a Reply

Your email address will not be published. Required fields are marked *