कसले जिम्मा लिन्छ र लोभी आँखैको लयमा वसन्त थापा र लक्ष्मी मल्लको दोहोरी हेर्नुहोस्

Spread the love

घरको छतमा सुन्दरी आइरहने, उसलाई मात्र देख्न मन लाइरहने

मखमली चोलीमा तुना ढाकैको, त्यसैमाथि झल्कियो फुली नाकैको

कसले जिम्मा लिन्छ र लोभी आँखैको ।

त्यो मान्छेले हेरेको हेर्‍यै छ, मेरो जीउमा त्यस्तो चीज के रैछ

सिरुपाते जुङ्गैमा टोपी ढाकैको, त्यसैमाथि परे म फूल पाखैको

कसले जिम्मा लिन्छ र लोभी आँखैको ।

तिम्रो रुपले मोहनी लगाउने, देखेपछि म त्यसै अघाउने

मखमली चोलीमा तुना ढाकैको, त्यसैमाथि झल्कियो फुली नाकैको

कसले जिम्मा लिन्छ र लोभी आँखैको ।

अप्ठेरोमा फूलेको फूल हो, ट्प्न खोज्नेहरुक्प भूल हो

सिरुपाते जुङ्गैमा टोपी ढाकैको, त्यसैमाथि परे म फूल पाखैको

कसले जिम्मा लिन्छ र लोभी आँखैको ।

तिम्लाई देखे मन सञ्चो भाछैन, अब निको होला झै लाछैन

मखमली चोलीमा तुना ढाकैको, त्यसैमाथि झल्कियो फुली नाकैको

कसले जिम्मा लिन्छ र लोभी आँखैको ।

ल बधाई छ मन चोरी जानेलाई, मनको लड्डु नसोधी खानेलाई

सिरुपाते जुङ्गैमा टोपी ढाकैको, त्यसैमाथि परे म फूल पाखैको

कसले जिम्मा लिन्छ र लोभी आँखैको ।

फूलको फूल्ने अधिकार खोसियो, अलिकति भमरा दोषी हो

मखमली चोलीमा तुना ढाकैको, त्यसैमाथि झल्कियो फुली नाकैको

कसले जिम्मा लिन्छ र लोभी आँखैको ।

पर्खभन्दा कहाँ हो काँ पुर्‍यायौ, मनको मोटर मन लाग्दी गुडायौ

सिरुपाते जुङ्गैमा टोपी ढाकैको, त्यसैमाथि परे म फूल पाखैको

कसले जिम्मा लिन्छ र लोभी आँखैको ।

तपाईको प्रतिक्रिया दिनुहोस

About NamasteNepali.com

View all posts by NamasteNepali.com →

Leave a Reply

Your email address will not be published. Required fields are marked *