भट्टराईले भने – ललिता निवास प्रकरणमा नियत पनि खराब देखिन्छ

Spread the love

ललिता निवास प्रकरणमा छानबिन हुनु र मुद्दा दायर हुनु स्वागतयोग्य कुरा हो। यसलाई अघि बढाउनुपर्छ। तर प्रारम्भिक रूपमा हेर्दा कतिपय त्रुटिपूर्ण देखिन्छ। जसले बदमासी गरेको हो, जसले नियतवश नै भ्रष्टाचार गरेको छ, जसले जालझेल गरेर नीति निर्माणमा असर पारेर प्रत्यक्ष लाभ लिएको छ, ती मान्छे चाहिँ उम्कने तर जसले परिबन्दवश नीतिगत रूपमा संलग्न भएका नाताले कारबाहीमा परेको देखिन्छ। यसो गर्दा न्याय हुँदैन। त्यसैले यस विषयलाई गम्भीरतापूर्वक लिनुपर्छ।

प्रधानमन्त्रीको हैसियतले म नैतिक जिम्मेवार लिन तयार छु। मेरो मन्त्रिपरिषद्का सदस्य चन्द्रदेव जोशी जो पर्नुभएको छ, उहाँ स्वच्छ छवि भएका व्यक्ति हुनुहुन्छ। ८२ वर्षका मान्छे जो आजीवन कम्युनिस्ट आन्दोलनमा लागेर दुःखकष्ट गरेर बसिरहनुभएको छ, उहाँले भ्रष्टाचार गर्नुभयो भन्ने मलाई लाग्दैन। परिबन्दले यो सदरभन्दा हस्ताक्षर गरेको नाताले उहाँ परिराख्नुभएको छ। जबकि बदमासी गर्ने वास्तविक अपराधीहरू जो हुन्, तीचाहिँ उम्केको अवस्था छ। यसको अर्थ के नलागोस् भने भ्रष्टाचारी उम्कियोस् भनेको होइन।

भ्रष्टाचारीलाई कारबाही गरिनुपर्छ। सरकारले गम्भीरतापूर्वक छानबिन गर्नुपर्छ। तर यो निकाय, ऐन, कानुन त्रुटिपूर्ण छन् र नियत पनि खराबजस्तो देखिन्छ। केही मान्छेले मुक्ति पाउने अवस्था देखियो। कसैले केही चोरी ग-यो। देखेपछि होइन म फिर्ता गर्छु भन्यो भने तपाईंले मलाई छाड्नुहुन्छ ? चोरी गर्नेलाई कारबाही गर्ने हो कि फिर्ता ग-यो भनेर छाड्ने हो ? यस्ता कैयौं कुरा नियतवश सुरु गरेको देखिन्छ।

आजको नागरिकमा समाचार छापिएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस

About NamasteNepali.com

View all posts by NamasteNepali.com →

Leave a Reply

Your email address will not be published. Required fields are marked *