एमसीसी रोक्ने माग बोकी ‘अभियन्ता’हरु झलनाथको दैलोमा

Spread the love

काठमाण्डौं । एमसीसी खारेज अभियानका अभियन्ताहरुले पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनालसमक्ष एक ज्ञापनपत्र बुझाएका छन् । एमसीसीबारे पार्टीलाई सुझाव दिन गठित समितिका संयोजकसमेत रहेका खनालको निवासमै पुगी पचासभन्दा ज्यादा संख्यामा रहेका अभियन्ताहरुले एमसीसी रोक्ने माग गर्दै ज्ञापन पत्र बुझाएका हुन् ।

बिहीबार (२३ माघ) बुझाइएको ज्ञापनपत्र ग्रहण गर्दै नेता खनालले आफू मार्क्सवादी भएको र साम्राज्यवादविरोधी संघर्षमा सक्रिय रहँदै आएको स्मरण गराउँदै नेकपाको हालै सम्पन्न बैठकबाट आफूलाई गह्रुँगो जिम्मेवारी आएको अनुभूति भएको नेता खनालको टिप्पणी थियो ।

ज्ञापनपत्र बुझ्ने क्रममा नेता खनालले अत्यन्त गम्भीर मुद्रामा आवेश, आक्रोश र हुइयाँभन्दा तथ्यमा आधारित सत्यको खोजी गर्न आफूलाई मार्क्सवादले सिकाएको र त्यसै गर्न लागिपरेको जनाएका बताइएको छ ।

ज्ञापनपत्र बुझाउन गएका एक अभियन्ताका अनुसार अमेरिकी साम्राज्यवादले ७० भन्दा बढी देशमा शैन्य अखडा राखेको तथा थिचोमिचो र उत्पीडिन बढाएको आफूलाई प्रष्ट जानकारी रहेकाले यस्ता विषयमा आफूलाई कुनै द्विविधा नहुने तर कतिपय द्वीपक्षीय र बहुपक्षीय सम्बन्धहरु ख्याल गर्नुपर्ने विषयमा पनि आफू गम्भीर रहेको अभिव्यक्ति खनालले दिएको थिए । सूचना र सामाग्रीहरुमा समेत अन्तरविरोध देखिएको बेला थप अन्तरक्रिया गर्दै सहि निष्कर्षमा पुग्ने प्रतिबद्धता खनालले जनाएका थिए ।

ज्ञापपत्र बुझाउन जानेहरुमा नागरिक अभियानका स्वनाम साथी, एमसीसी खारेज अभियानका नारायण शर्मा, एमसीसीविरुद्धको नागरिक संजालका अशोक कुमार महर्जन, पूर्वसांसद घनश्याम शर्मा पौडेल, वरिष्ठ अधिवक्ता एकराज भण्डारी, नेकपा नेता लक्ष्मण पन्त, बुद्धिजीवी डा. शम्भु कट्टेल, रघु घिमिरे, आरसी न्यौपाने, भावना विद्रोही, राष्ट्रिय पुनर्जागरण अभियानका प्रवक्ता एवम् वरिष्ठ पत्रकार निमकान्त पाण्डेलगायतले खनाललाई एमसीसी रोक्नुपर्ने सुझाव प्रस्तुत गरेका थिए ।

उपस्थित हुनेमध्ये नेकपा नेता किशन शर्मा, सरिता मर्हजन, पत्रकार निलकण्ठ तिवारी, सरस्वती पौडेल, चन्दा थापा, रविन्द्र कुमार श्रेष्ठ, दिलिप कुमार पुलामी मगर, विकासबाबु श्रेष्ठ र होमबहादुर खड्का लगायतले नेता खनाललाई एमसीसी इण्डो प्यासिफिक मातहतको अमेरिकी सैन्य रणनीतिलाई लक्षित गरेर आउने भएकाले यसलाई रोक्न सुझाव दिएका थिए । – घटना र विचार

तपाईको प्रतिक्रिया दिनुहोस

About NamasteNepali.com

View all posts by NamasteNepali.com →

Leave a Reply

Your email address will not be published. Required fields are marked *