कतारबाट पारिश्रमिक नपाइ फर्किएका ३३ कामदारको तलब आयो (नामावलीसहित)

Spread the love

काठमाडौँ । रोजगारीका लागि कतार पुगेर पारिश्रमिक नपाइ फर्किएका ३३ कामदारको तलब आएको छ । कतारको मर्करी मेना इलेक्ट्रो मेकानिकल कम्पनीले लामो समयदेखि तलब नदिई उनीहरूलाई रित्तै हात स्वदेश फर्काएको थियो ।

आफ्नो पारिश्रमिक भुक्तानी नगरेको भन्दै उनीहरूले वैदेशिक रोजगार विभागमा उजुरी गरेका थिए । उजुरीपछि विभागको पहलमा कतारस्थित नेपाली राजदूतावास मार्फत कम्पनीले २ लाख ८५ हजार कतारी रियाल (नेपाली करिब ८५ लाख रुपैयाँ) रकम भुक्तानी गरेको हो । उनीहरूलाई तीनदेखि ६ महिनासम्मको पारिश्रमिक नदिई स्वदेश फर्काइएको थियो ।

विभागले एक सूचना जारी गर्दै विभागको समन्वय र सहजीकरणपछि काठमाडौँस्थित कतारी राजदूतावासमार्फत भुक्तानी गर्ने जानकारी दिएको उल्लेख गरेको छ ।

सूचनामा रकम लिन ७ दिनभित्र काठमाडौँको बुद्धनगरस्थित विभागमा उपस्थित हुन आग्रह गरिएको छ । साथै कामदारहरूको सहजिकरणको लागि श्रम रोजगार कार्यालयहरू (विराटनगर, जनकपुर, पोखरा, बुटवल, सुर्खेत र धनगढी) मार्फत सम्पर्क गर्न पनि आग्रह गरेको छ ।

सो रकम लिनका लागि कामदारहरूले आ–आफ्नो खाता विवरण, नेपाली नागरिकता र राहदानीको प्रतिलिपिका साथ पेश गर्नु पर्ने विभागले जनाएको छ । यस्तै, अल एसिया इन्टरनेशनल, रकी इन्टरनेशन, प्याराडाइज इन्टरनेशनल, वल्र्ड भिजन इन्टरनेशन म्यानपावर सर्भिसेज, स्काईवेज ब्यूरो सर्भिस र व्यक्तिगत श्रम स्वीकृतिबाट गएका कामदारले भुक्तानी लिन बाँकी रहेको रकम वितरण गर्ने विभागको सुचनामा जनाएको छ ।

– डिसी नेपाल

तपाईको प्रतिक्रिया दिनुहोस

About NamasteNepali.com

View all posts by NamasteNepali.com →

Leave a Reply

Your email address will not be published. Required fields are marked *