पीरतिले सताएर रुम् कि हाँसम् भैच, सब्ले भन्चन् हाम्रो जोडी राधा कृष्ण झै छ
ढाँटे’भा मरिजाम्
कहाँँ गयो जुरेली किन गीत गाउँदैन, तिम्रो जत्ति माया त लालुमाई किन होला कसैको लाउँदैन ।
तिम्रो माया बढ्यो बरै कलेजीको यत्ति, यै गालपारा पीरतिले पार्यो फिटिफिटी
ढाँटे’भा मरिजाम्
कहाँँ गयो जुरेली किन गीत गाउँदैन, तिम्रो जत्ति माया त लालुमाई किन होला कसैको लाउँदैन ।
मेरो माया झलमल हिउँचुलीको हिउ झै, जिन्दगी नै रित्तो राखी मुटु पैचो दिउ झैं
ढाँटे’भा मरिजाम्
कहाँँ गयो जुरेली किन गीत गाउँदैन, तिम्रो जत्ति माया त लालुमाई किन होला कसैको लाउँदैन ।
आजभोलि मुटु पनि चल्न थाल्यो दुइताल, भेट्दाखेरि हाँस्यो बोल्यो छुटे पछी उही चाल
ढाँटे’भा मरिजाम्
कहाँँ गयो जुरेली किन गीत गाउँदैन, तिम्रो जत्ति माया त लालुमाई किन होला कसैको लाउँदैन ।
भेट हुँदा बोल्नै लाज साथमा इष्टमित्र, नबोलेनि पीरतिले जेल्यो भित्र भित्र
ढाँटे’भा मरिजाम्
कहाँँ गयो जुरेली किन गीत गाउँदैन, तिम्रो जत्ति माया त लालुमाई किन होला कसैको लाउँदैन ।
कैले खोज्दै लेकमा पुगे कैले बेसी झरें, आगो हो कि पानी माया अलमल्लै परें
ढाँटे’भा मरिजाम्
कहाँँ गयो जुरेली किन गीत गाउँदैन, तिम्रो जत्ति माया त लालुमाई किन होला कसैको लाउँदैन ।
फुललाई पनि लाउदोरैच भमराको आश, मेरो मनको मझेरीमा बस्दिए हुन्थ्यो बास
ढाँटे’भा मरिजाम्
कहाँँ गयो जुरेली किन गीत गाउँदैन, तिम्रो जत्ति माया त लालुमाई किन होला कसैको लाउँदैन ।
दोबाटोमा अल्झिएको जिन्दगानी मेरो, साथ दिने तिमी आयौ बल्ल कोल्टे फेर्यो