इटालीमा बाढीको विपद्, संकटकाल घोषणा

Spread the love

२९ कार्तिक, भेनिस : इटालीको ऐतिहासिक सहर भेनिसमा बाढीका कारण जनजीवन अस्तव्यस्त बनेको छ । अर्बौं रकम लगानीका भव्य भवन तथा भौतिक पूर्वाधारमा बाढीको असर परेको छ ।

बाढीका कारण सरकारले भेनिसमा संकटकाल घोषणा गरेको छ । केन्समा पनि थुप्रै चर्च, पसल तथा कम्प्लेक्समा बाढीले नोक्सान पुर्याएको छ ।

प्रधानमन्त्री गिसेप्पे कोन्त्रेले बाढीको विपद्लाई आफ्नो मुलुकको ‘मुटुमै ठूलो झट्का’ लागेको प्रतिक्रिया दिएका छन् । बाढी प्रभावित सहरका मेयरहरुले बाढी पीडितलाई २० हजार यूरोका दरले क्षतिपुर्ति उपलब्ध गराउने घोषणा गरेका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस

About NamasteNepali.com

View all posts by NamasteNepali.com →

Leave a Reply

Your email address will not be published. Required fields are marked *