ओलीले बाँसुरी र खनाल-नेपालले सारङ्गी बजाएको तस्वीर कसरी भाइरल भयो ?

Spread the love

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का शीर्ष नेताहरुको सांगितिक माहोलमा रमाएको तस्विर बाहिरिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सुर्य थापाले सार्वजनिक गरेको उक्त तस्विरमा ओलीले बाँसुरी बजाएका छन् भने नेताद्धय झलनाथ खनाल र माधवकुमार नेपालले भने सारांगी बजाएका छन् ।

यो तस्विर प्रधानमन्त्री ओलीको सचिवालयले किन सार्वजनिक गरेको हो ? यो अहिलेपनि यकिनका साथ भन्न सकिने अवस्था छैन ।

यो कहिले आयोजित कार्यक्रमको फोटो हो ? त्यो पनि थाहा छैन । नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकता हुनुभन्दा अघिकै तस्विर हो कि एकतापछिको हो ? त्यो पनि स्पष्ट भनिएको छैन ।

तर, कार्यक्रमको आयोजक भने मदन भण्डारी कला साहित्य प्रतिष्ठान रहेको ब्यानरले बताउँछ । थापाले आफ्नो फेशबुक पेजमा लेखेका छन्,’बालुवाटारमा सारङ्गी र बाँसुरीको सुमधुर धून !’

तपाईको प्रतिक्रिया दिनुहोस

About NamasteNepali.com

View all posts by NamasteNepali.com →

Leave a Reply

Your email address will not be published. Required fields are marked *