कोरियामा एक नेपाली युवकको मृत्यु

Spread the love

कार्तिक २८, सौल । रोजगारीको लागि दक्षिण कोरिया आएका एक नेपाली युवाको ज्यान गएको छ । रौतहटका ३५ वर्षीय संजय बिकको उपचारको क्रममा बुधवार राती अस्पातलमा ज्यान गएको एनसीसी कोरियाकी अध्यक्ष अन्जु केसीले जानकारी दिएकी छन् ।

करिव ६ वर्ष अगाडि पर्यटन भिसामा कोरिया प्रवेश गरेका बिकले अवैधानिक रुपमा बसेर काम गर्दै आइरहेका थिए ।

मृतक बिक हेपाटाइटिस रोगबाट ग्रसित थिए । उनको १० महिनादेखि उपचार चलिरहेको थियो । उनलाई पछिल्लो पटक सोल नेसनल मेडिकल सेन्टरमा भर्ना गरिएको अध्यक्ष अन्जु केसीले बताइन् ।

उनको उपचारको लागि आर्थिक अभाव भएको भन्दै कोरियामा रहेका बिभिन्न संघ संस्थाले आर्थिक संकलन अभियान पनि चलाएका थिए ।

उनको शवलाई कोरियामै दाहसंस्कार गर्ने तयारी भैरहेको बताइएको छ । बिककी श्रीमती कोरियामै कार्यरत छिन् । उनको एक छोरासमेत छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस

About NamasteNepali.com

View all posts by NamasteNepali.com →

Leave a Reply

Your email address will not be published. Required fields are marked *