चीनले नेपाललाई भन्यो – तयारीपछि मात्र नेपाली फर्काऊ

Spread the love

काठमाडौं । चीनले नेपाललाई आफ्ना नागरिकलाई स्वदेश फिर्ता ल्याउनुअघि नोवल कोरोना भाइरस नियन्त्रणको प्रयास गर्न र विश्व स्वास्थ्य संगठनसँग सल्लाह लिन सुझाव दिएको छ ।

चीनसहित कोरोना भाइरसको संक्रमण देखा परेका देशमा रहेका नागरिकलाई सरकारले स्वदेश ल्याउने तयारी गरिरहेका बेला नेपालका लागि चिनियाँ राजदूत होउ याङ्छीले मंगलबार सञ्चारकर्मीसँग कुराकानी गर्दै प्रकोप फैलन नदिनु प्रत्येक मुलुकको उत्तिकै जिम्मेवारी भएको स्पष्ट पारिन् ।

‘नेपाल सरकारले वुहानबाट आफ्ना नागरिकलाई फर्काउँदैछ भन्ने सुनेकी छु,’ उनले भनिन्, ‘हामीले कूटनीतिक माध्यमबाट नेपाली पक्षसँग कुरा गरिरहेका छौं ।’

उनले नेपाली पक्षलाई विमानस्थल क्वारेन्टाइन तथा प्रकोप रोकथाम तथा नियन्त्रणमार्फत पूर्ण तयारी गर्न र नेपालस्थित विश्व स्वास्थ्य संगठनका प्रतिनिधिसँग पनि रोग फैलन नदिनेबारे सल्लाह लिन आग्रह गरिन् ।

राजदूत याङ्छीले चीनमा रहेका नेपाली नागरिक पूर्ण रूपमा सुरक्षित रहेको र कसैमा पनि नोवल कोरोनाको संक्रमण नदेखिएको जानकारी दिइन् ।

उनले चीन सरकार चीनमा रहेका विदेशी नागरिकमा प्रकोप फैलिन नदिन निकै सजग रहेको बताउँदै चिनियाँ परराष्ट्र मन्त्रालयका अधिकारीहरू चीनस्थित नेपाली दूतावासको निरन्तर सम्पर्कमा रहेको जानकारी गराइन् ।

उनले वुहानमा रहेका नेपालीका समस्या समाधान गर्न चीन सरकारले सहयोग गरिरहेको बताइन् ।

आजको नागरिक दैनिकमा वसन्त खड्काले यो समाचार लेखेका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस

About NamasteNepali.com

View all posts by NamasteNepali.com →

Leave a Reply

Your email address will not be published. Required fields are marked *