बैंकिङ कारोबारसँगै बढे ‘चेक बाउन्स’का उजुरी

Spread the love

काठमाडौं । नेपालीमा बैंक मार्फत कारोबार गर्ने प्रचलन बढेसँगै पछिल्लो समय प्रहरीमा चेक बाउन्ससम्बन्धी उजुरी गर्नेकाे संख्या निकै बढेको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौमा चेक बाउन्स सम्बन्धी उजुरी दिन आउनेको भीड बाक्लिदै छ । महानगरीय प्रहरी परिसर काठमाडौमा यो वर्षको पछिल्लो छ महिनाको अबधिमा दुई हजार ५९१ चेक बाउन्स सम्बन्धी उजुरी परेका छन् । जबकी तीन वर्ष अघि आ.व २०७२ /०७३ मा ६ वटा मात्रै उजुरी परेका थिए ।

त्यस्तै आर्थिक बर्ष २०७४/०७५ मा सो संख्या बढेर ४२१ पुगेको थियो । यसै गरी आ.व २०७५ /०७६ मा सो संख्या अझै बढेर दुई हजार ३३८ पुगेको महानगरीय प्रहरी परिसर काठमाडौ टेकुले जनाएको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौले काठमाडौं सहित काभ्रे,धादिङ, सिन्धुपालचोक, रसुवा,नुवाकोट जिल्लाबाट आउने बैंकिङ्ग कसुर सम्बन्धी उजुरी लिदैं आएको छ ।

पहिला पैसाको कारोवार गर्दा तमसुक लेखेर कारोवार गर्ने गरेकोमा अहिले चेकबाट कारोवार गर्दा पैसा उठाउन सजिलो हुने देखेर चेकको कारोवार बढेको महानगरीय प्रहरी परिसर काठमाडांैका प्रहरी नायव उपरीक्षक कृष्णकुमार चन्द बताउनुहुन्छ ।

तमसुक गरेर पैसा दिंदा पछि पैसा नउठे उजुरी गर्दा धेरै कागजात जुटाउनु पर्ने झन्झटिलो प्रावधान भएको र चेकमा फौजदारी बैंकिङ्ग कसुर भएकोले कागज गरेर पैसा दिनेको संख्या विस्तारै घट्दै गएको उहाँको भनाई छ ।

यदि कसैले आफनो बैंक खातामा पर्याप्त मौज्दात रकम नभएको चेक काटेर दिएको चेक भुक्तानी नभएमा बैंकिङ कसूर गरेको मानी चेक काट्ने व्यक्तिलाई बैंकिङ कसूर तथा सजाय ऐन, २०६४ बमोजिम बिगो खुलेमा बिगो भराई बिगो बमोजिम परिवाना र तीन महिनासम्म कैद सजाय हुने व्यवस्था छ ।

यता नेपाल राष्ट्र बैंकका प्रबक्ता गुनाकर भट्ट बैकिङ कारोवारको गर्नेको संख्या बढेसँगै चेकबाउन्सको संख्या पनि स्वाभाविक रुपमा बढेको बताउनुहुन्छ ।

मानिसमा बंैकिङ कारोवार सम्बन्धी जनचेतना कम हुँदा यस्ता घटना हुने गरेको भए पनि धेरै मात्रामा ठगी गर्ने हिसावले चेक काट्ने गरेको उहाँको भनाई छ ।

नेपाल राष्ट्र बैंकले कारोवार सम्बन्धी जानकारी मुलक विभिन्न कार्यक्रम गर्दै आएको जानकारी दिदैं चेक काट्नु अघि आफनो खातामा कति पैसा छ ख्याल गरेर मात्र चेक काट्न आग्रह गर्नुहुन्छ बैंकका प्रवक्ता भट्ट । चेक साटन लगातार तेस्रो पटकसम्म पर्याप्त मौज्दात नभएको अवस्था आए चेक बाउन्सको उजुरी गर्न सकिने प्रावधान छ ।

लगातार दोस्रो पटक चेक बाउन्स भएपछि बैँकलाई उक्त खातावाललाई कालो सूचिमा राखिदिन निवेदन दिए पछि सोही निवेदन सँगै खातावाला व्यक्ति वा संस्था कालो सूचिमा पर्दछ । त्यसपछि पैसा अशुल्नका लागि सम्पूर्ण प्रमाण लिएर प्रहरीमा उजुरी दिन सकिन्छ कानुनी प्रावधान छ । मुकुन्द गैरेले गोरखापत्रमा समाचार लेखेका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस

About NamasteNepali.com

View all posts by NamasteNepali.com →

Leave a Reply

Your email address will not be published. Required fields are marked *