उप निर्वाचनको वाम तालमेलमा असन्तुष्टि : तुल्सीराम निलम्बन र ददिराम अर्याललाई पार्टीबाट निष्काशन

Spread the love

बागलुङ, २९ कात्तिक – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बागलुङले पार्टीको नीति बिपरितका क्रियाकलाप गरेको भन्दै दुई नेतालाई कारवाही गरेको छ । उप–निर्वाचनको सन्दर्भमा पार्टीको निर्णय र नीति बिपरितका क्रियाकलाप गरेको भन्दै नेताहरु तुल्सीराम अर्याल र ददिराम अर्याललाई कारवाही गरेको हो ।

ढोरपाटन नगरपालिका–१ का तुल्सीराम अर्याललाई पार्टी सदस्यबाट निलम्बन र ढोरपाटन नगरपालिका–२ का दधिराम अर्याललाई पार्टी सदस्य समेत नरहने गरि निष्कासन गरेको जिल्ला जिल्ला कमिटिले जनाएको छ । नेकपा बागलुङको शुक्रबार बसेको जिल्ला समितिको बैठकले आगामी मंसिर १४ गते हुन गईरहेको उप–निर्वाचनको सन्दर्भमा गलत हर्कत गरेको भन्दै उनीहरुलाई कारवाही गर्ने निर्णय गरेको थियो ।

नेकपा बागलुङका अध्यक्ष इन्द्रलाल सापकोटाले बैठकपछि एक प्रेस विज्ञप्ती जारी गर्दै पार्टिका निर्णय सार्वजनिक गरेका थिए । उप–निर्वाचनमा शेरमान घर्तिको स्वतन्त्र उम्मेदवारी कायम गर्न गरिएका हर्कतहरु, उम्मेदवारी फिर्ता लिने समय टार्नको लागि गरिएका अनुचित गतिविधि र शेरमान घर्तिले पत्रकार सम्मेलन गरि उम्मेदवारी फिर्ता लिएपछि पनि उनले पाएको चुनाव चिन्हलाई दुरुपयोग गरि पार्टीलाई नै असफल गराउन गरिएको गतिविधि पार्टी नीति विपरित भएको बिज्ञप्तीमा उल्लेख गरिएको छ ।

‘पार्टीको अन्तरिम विधान २०७५ को धारा ५६ (क) को (८) बमोजिम गतिविधि भएको ठहर गर्दै उनीहरुलाई निलम्बन र निष्काशन गर्ने निर्णय गरियो’ जिल्ला कमिटि कार्यालय सदस्य लाल थापाले भने ‘पार्टीलाई अनुशासनमा राख्ने प्रयास हो ।’ उप–निर्वाचनमा आफ्नो पार्टीको समर्थनमा उम्मेदवार बनेका वाम उम्मेदवार खिमविक्रम शाहीलाई विजय गराउनको लागि सम्पूर्ण पार्टीपंक्तिलाई एकताबद्ध भई लाग्न विज्ञप्तीमार्फत आह्वान गरिएको छ ।

निलम्बनमा परेका तुल्सीराम अर्याल नेकपा एमाले र माओवादी केन्द्रको एकता हुनुपूर्व नेकपा माओवादी केन्द्रको केन्द्रिय सल्लाहकार थिए । त्यस्तै ददिराम अर्याल पनि जिल्ला तहका प्रभावशाली नेताको रुपमा मानिन्थे । पार्टी एकतापछि भने उनीहरु साधारण सदस्य मात्रै रहेको थापाले बताए । – ढोरपाटनन्युज

तपाईको प्रतिक्रिया दिनुहोस

About NamasteNepali.com

View all posts by NamasteNepali.com →

Leave a Reply

Your email address will not be published. Required fields are marked *