भाको एउटा जाले रुमाल फूल भरेको छैन, के लैजान्छौ सानु तिम्ले पिरतीमा बैना
सालको पातको टपरी हुने हे बरै नहुने सल्लैको, तिम्रो माया कत्ति छ कत्ति हे बरै नलाऊपछि हल्लैको ।
मुटु कहाँ बैना मार्यौ मै सोझीलाई जलाई, कलेजीमा झुपडी देऊ रुमाल नदेऊ मलाई
सालको पातको टपरी हुने हे बरै नहुने सल्लैको, तिम्रो माया कत्ति छ कत्ति हे बरै नलाऊपछि हल्लैको ।
पानीको रिस गर्ने मान्छे का होला र सानु, कालीको रिस खुल्ने गरी मैले त के जानु ?
सालको पातको टपरी हुने हे बरै नहुने सल्लैको, तिम्रो माया कत्ति छ कत्ति हे बरै नलाऊपछि हल्लैको ।
छेउमै छ नि लाली फूल प्याउली किन हेर्छ, जुगै काट्ने आश छ मलाई मन किन फेर्छ ?
सालको पातको टपरी हुने हे बरै नहुने सल्लैको, तिम्रो माया कत्ति छ कत्ति हे बरै नलाऊपछि हल्लैको ।
आउँदा जाँदा देउरालीमा फूल चढाउछु मैले, तिम्लाई सम्झी चढाएको फूल ओइलिदैन कहिले
सालको पातको टपरी हुने हे बरै नहुने सल्लैको, तिम्रो माया कत्ति छ कत्ति हे बरै नलाऊपछि हल्लैको ।
जोडी पंक्षी देखे पनि घरमुनिको गोठमा, तारा खस्दा तिम्रै नाम आउँछ मेरो ओठमा