जर्मनीकी प्रथम महिला एल्के बुडेनबेन्डर नेपालमा

Spread the love

काठमाडौं । युनिसेफ जर्मनीकी संरक्षक तथा संघीय गणतन्त्र जर्मनीको राष्ट्रपति फ्र्यांक वाल्टर स्टेइन मेयरकी श्रीमती एल्के बुडेनबेन्डरलेसन् नेपाल भ्रमणमा छिन् । उनले फेब्रुअरी ३ देखि ७ तारिखसम्म नेपालमा युनिसेफका विभिन्न कार्यक्रमको भ्रमण गर्ने छिन् ।

स्वास्थ्य सेवा र शिक्षाको पहुँच, उच्च गरिबी र प्राकृतिक प्रकोपको उच्च जोखिमजस्ता थुप्रै संरचनात्मक चुनौतीहरूको बाबजुद नेपालले बालअधिकार तथा दिगो विकास लक्ष्य प्राप्तितर्फ उल्लेखनीय प्रगति गरेको युनिसेफले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

युनिसेफका लागि जर्मन राष्ट्रिय समितिका अध्यक्ष जर्ज ग्राफ वाल्डर्सी पनि एल्केबुडेनबेन्डरसँगै भ्रमणमा सामेल छन् । ‘युनिसेफसँगै नेपालका बालबालिकाको जीवनस्तर सुधार तथा उनीहरूको अधिकार सुनिश्चितता किन महत्वपूर्ण छ भनी ध्यानाकर्षण गराउनको लागि म नेपाल आएको हुँ । बाल अधिकारको सुनिश्चित नगरी जर्मनी साथसाथै अन्तर्राष्ट्रिय समुदाय प्रतिबद्ध रहेको दिगो विकासको लक्ष्य हासिल गर्न सकिदैंन ।’ एल्के बुडेनबेन्डरले आफ्नो भ्रमणको सुरुवातमा भनेकी छन् ।

युनिसेफ जर्मनीकी संरक्षकले नेपाल भ्रमणका क्रममा यहाँका बालबालिकाहरुको स्थितिर त्यसको दिगो समाधानका लागि युनिसेफले चालेको कदमकोबारेमा थप जानकारी लिने छिन् । एल्के बुडेनबेन्डरले विद्यालय, युवा क्लब र समुदायहरूका बालबालिकालाई भेटी उनीहरूले आफ्नो दैनिक जीवनमा आउने चुनौतीहरूको सामना गर्ने तरिकाको बारेमा जानकारी लिने छिन् । उनले प्राकृतिक प्रकोपको प्रभावलाई कम गर्न समुदायहरूले आफुलाई सुदृढ बनाउन गरेका प्रयासहरूको बारेमा पनि जानकारी लिने छन् ।

उल्लेखनीय प्रगति भए पनि धेरै बालबालिका र किशोरकिशोरी अझै पनि स्वच्छ पानी, स्वास्थ्य सेवा, पोषणयुक्त खाना तथा विद्यालयको पहुँचबाट टाढा छन् । ५ देखि १२ वर्ष उमेर समुहका करिब ७७०,००० बालबालिका विद्यालयको पहुँच भन्दा बाहिर रही आधारभूत शिक्षा पाउनबाट बन्चित छन् । पाँचमध्ये दुई महिलाले १८ वर्ष भन्दा पहिले नै विवाह गर्छन् र ५ वर्ष मुनिका ३६ प्रतिशत बालबालिका गरिबीको रेखा मुनि रहेको विज्ञप्तिमा उल्लेख छ ।

युनिसेफले नेपालमा सबै बालबालिका, विशेष गरी सीमान्तकृत र विपन्न वर्गको लागि विगत पाँच दशकभन्दा बढी समयदेखि विभिन्न कार्यक्रमहरु गर्दै आएको छ । युनिसेफ जर्मनीले बालबालिकाहरूलाई सिक्ने अवसरहरू प्रदान गर्ने उद्देश्य लिएको ‘लेट अस लर्न’ लगायत अन्य कार्यक्रम सञ्चालनको लागि सहयोग गर्दै आएको छ । राजधानीमा खबर छापिएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस

About NamasteNepali.com

View all posts by NamasteNepali.com →

Leave a Reply

Your email address will not be published. Required fields are marked *