करोडपतिका छोरा कोठा भाडामा बसेपछि…

Spread the love

काठमाडौँ । पिता करोडौँ सम्पत्तिका मालिक हुँदाहुँदै उनका छोरा कोठा भाडामा लिएर बस्दै आएका छन्। रुस देशका ११ औँ सबैभन्दा धनी व्यक्ति मिखाइल प्रिडम्यान करिब ९८ हजार करोडका मालिक हुदाँ पनि उनका १९ वर्षीया छोरा एक भाडाको घरमा बस्दै आएका हुन्।

१९ वर्षीय एलेक्जेन्डर फ्रिडम्यानले रुसको राजधानी मस्कोमा दुई कोठाको घर भाडामा लिएका छन्। त्यस घरका लागि उनले हरेक महिना ५ सय डलर भाडा बुझाउँदै आएका छन्।

करोड पतिका छोरा भएका कारण महंगो कारमा हिड्नुपर्ने उनीसँग कार छैन्। उनी आफ्नो यात्राका लागि ट्याक्सी र मेट्रोको प्रयोग गर्दछन्। एलेक्जेन्डरका अनुसार उनले अहिले खाने खाना र लगाउने कपडाका लागि आफैले कमाउँदै आएका छन्। उनी आफ्नो छुट्टै पहिचान बनाउन चाहन्छन्।

पछिल्लो वर्ष लण्डनमा हाई स्कुलबाट ग्रेजुएशन पुरा गरेपछि एलेक्जेन्डर पुनः मस्को फर्किएका थिए। पाँच महिना पहिले उनले आफ्ना पाँच कर्मचारीसँग मिलेर करिब ३ करोड रुपैयाँबाट आफ्नो एक नयाँ व्यापार सुरु गरेका थिए। उनको हुक्का उत्पादन सप्लाई गर्ने व्यापार छ। एलेक्जेन्डरका पिता मिखाइल फ्रिेडम्यान कयौँ कम्पनीका मालिक हुन्।

उनका केही खुद्रा पसल पनि छन्। एलेक्जेडर दोस्रो ग्राहक बाहेक आफ्ना पिताको खुद्रा पसलमा पनि आफ्नो उत्पादन सप्लाई गर्ने गर्दछन्। उनी आफूलाई पिताको नामबाट भन्दा आफ्नै नामबाट चिलाउन चाहन्छन्।

– एजेन्सी

तपाईको प्रतिक्रिया दिनुहोस

About NamasteNepali.com

View all posts by NamasteNepali.com →

Leave a Reply

Your email address will not be published. Required fields are marked *