कोरोना भाइरस संक्रमण : चीन बाहिर पहिलो मृत्यु

Spread the love

काठमाडौं । चीन बाहिर कोरोना भाइरसको संक्रमणले पहिलोपटक एकजनाको मृत्यु भएको छ । फिलिपिन्समा एक ४४ वर्षीय पुरुषको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

सीएनएनका अनुसार मृत्यु हुने चीनकै हुवेइ प्रान्तको वुहान शहरका हुन । विश्व स्वास्थ्य संगठनले फिलिपिन्समा आउनु अघि नै उक्त व्यक्तिमा कोरोना भाइरसको संक्रमण भएको हुन सक्ने जनाएको छ । कोरोना भाइरसको संक्रमणले हालसम्म करिब ३०० जनाको मृत्यु भएको छ । १४ हजार व्यक्ति उक्त संक्रमणको चपेटामा परेका छन् ।

चीनको वुहान प्रान्तबाट हङ्कङ हुँदै संक्रमित व्यक्ति एक ३८ वर्षीया महिलासँगै वुहान पुग्नुभएका थियो । फिलिपिन्सको स्वास्थ्य विभागका अनुसार उहाँसँगै महिलामा पनि संक्रमण भएकाे पाइएको छ । उहाँलाई मनिलास्थित एक अस्पतालमा भर्ना गराउँदा निमोनियाले ग्रसित हुनुभएको थियो ।

फिलिपिन्समा विश्व स्वास्थ्य संगठनका प्रतिनिधि रहनुभएका रबिन्द्र अव्यासिंघेले मृतक कोरोना भाइरसको इपिसेन्टर रहेको वुहान शहरबाट आएकोले स्थानीय सर्वसाधारणलाई हतोत्साहित नहुन आग्रह गर्नुभएको छ ।

स्थानीय सञ्चारमाध्यमले स्वास्थ्य सचिब फ्रान्सिस्को डकलाई उद्धृत गर्दै भर्ना गरिएको उक्त बिरामीमा सुधार देखिए पनि २४ घण्टाभित्र मृत्युवरण हुन पुगेको उल्लेख गरेको छ । स्वास्थ्य विभागले भने हङ्कङ्बाट फिलिपिन्स आएको उक्त विमानमा बिरामीको सम्पर्कमा आएका व्यक्तिको खोजबीन गर्दैछ ।

चीनबाट आउने विदेशी नागरिकको प्रवेश निषेध गर्ने जानकारी गराएको केही घण्टा नबित्दै फिलिपिन्समा कोरोनाको संक्रमणले मृत्यु भएको पहिलो घटना सार्वजनिक भएको हो ।
शनिबारसम्म हुवेइ प्रान्तमा कोरोना भाइरसको संक्रमणले ३०४ जनाको मृत्यु भएको छ ।

शनिबार मात्रै ४५ जनाको मृत्यु भएको हो । चीनभरि शनिबार दुई हजार ५९० जना नयाँ संक्रमित फेला परेका छन् । चीनमा संक्रमितको कुल संख्या १४ हजार ३८० पुगेको छ । तर हङकङ विश्वविद्यालयले भने संक्रमितको संख्या सार्वजनिक गरिएको भन्दा अत्याधिक हुने दाबी गरेको छ । वुहानमा मात्रै ७५ हजार व्यक्ति संक्रमित भएको उसको दाबी छ ।

सन् २००३ मा प्रकोपको रुप लिएको सार्सभन्दा कोरोना भाइरस संक्रमितको संख्या बढेको छ । तर मृत्यु दरको हिसाबले सार्स जत्तिकै कोरोना भाइरस खतरनाक नरहेको जनाइएको छ । ईश्वरचन्द्र झाले गोरखापत्रमा समाचार लेखेका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस

About NamasteNepali.com

View all posts by NamasteNepali.com →

Leave a Reply

Your email address will not be published. Required fields are marked *