मोरङकी महिलासँगै दुई बालिकाको हत्यामा संलग्न बागलुङका काका भतिज पोखराबाट पक्राउ

Spread the love

कमल पौडेल, गुल्मी, कात्तिक २८ । बागलुङ र गुल्मीको सीमाना नजीक गुल्मीको चन्द्रकोट गाउँपालिका वडा नं ३ हर्राचौरमा एक अधवैंसे महिलासँगै दुई बालिकाको निर्ममतापूर्वक हत्या गरिएको घटनाका अभियुक्त दुईजनालाई प्रहरीले बुधवार राती पोखरा-२५ फेँदीबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा गल्कोटका पूर्णबहादुर सुनारका काका भतिजा भएको श्रोतले बतायो ।

प्राप्त विवरण अनुसार निज सुनारले पोखरामा होटल सन्चालन गरेको र सोही होटलमा काम गर्ने मोरङ कानापोखरी-३ का तीन आमा छोरीको हत्या भएको थियो । सुनारको ती महिला संग अनैतिक सम्वन्ध भएको र महिलाले सुनारलाई छोड्न नमाने पछी ‘घरमा जाउँ…’ भनेर ल्याउदै गर्दा भतिज समेत मिलेर निज तीनै जनाको हत्या गरिएको श्रोतको दावी छ । हत्या गरिएका एक महिला र दुई बालिकाहरुमा २५ वर्षिय सरिता लिम्बु र उनका दुईजना जुम्लिया छोरीहरु गंगा र जमुना मगर भएको खुलेको छ ।

हत्याका मुख्य योजनाकार ४६ वर्षीय पूर्णबहादुर सुनार सहित दुई जना पक्राउ परिसकेका छन् । प्रहरी स्राेतका अनुसार बागलुङ गल्काेट नगरपालिका ८ थालेपाेखराका माधव सुनार र पुर्ण बहादुर सुनार पक्राउ परेका हुन।

पूर्णबहादुरसँगै १६ वर्षीय भतिज माधव सुनारलाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) र जिल्ला प्रहरी कार्याल्य गुल्मीको संयुक्त टोलीले पक्राउ गरेको हो । पक्राउ परेकालाइ थप साेधपुछका लागि जिल्ला प्रहरी कार्यालय गुल्मी ल्याउँदै गरेकाे प्रहरीले जनाएकाे छ। पक्राउ परेका दुवै गुल्मी ल्याएपछि पत्रकार सम्मेलन गरेर थप विवरण दिने प्रहरी उपरिक्षक राजेन्द्रसिंह खड्काले जानकारी दिए ।

मृतक सरिताको पहिलो राई थरको युवक संग र दोश्रो मगर थरको युवकसंग विवाह भएको बुझिएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस

About NamasteNepali.com

View all posts by NamasteNepali.com →

Leave a Reply

Your email address will not be published. Required fields are marked *