जापानमा नेपालीले सञ्चालन गरेको रेष्टुरेन्टमा २ जना मृत भेटिए

Spread the love

टोकियो । जापानमा नेपालीले सञ्चालन गरेको रेष्टुरेन्टमा २ जना मृत अवस्थामा भेटिएका छन् ।

टोकियोको वता वार्ड नाखारोकुगोमा नेपाली व्यवसायीले सञ्चालन गरेको तान्सेन भ्यु नामक इन्डियन नेपाली रेस्टुरेन्टमा दुई जना भारतीय नागरिक मृत अवस्थामा फेला परेका हुन् ।

मृतक दुबै जना सोही रेष्टुरेन्टमा काम गर्थे । उनीहरु बिहीवार मृत भेटिएका हुन् ।

उनीहरूमध्ये एक जना किचनसँगै जोडिएको सोफामा र अर्का एक कुर्सीमा मृत अवस्थामा भेटिएका हुन् ।

प्रहरीको प्रारिम्भक अनुसन्धानले तन्दुरमा कोइला बालेर हालेर सुतेका उनीहरूको अक्सिजनको कमीले मृत्यु भएको देखाएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस

About NamasteNepali.com

View all posts by NamasteNepali.com →

Leave a Reply

Your email address will not be published. Required fields are marked *