पहिले रेशम चौधरीको रिहाइ, त्यसपछि सत्ता समिकरण

Spread the love

लहान – पुस २ गत्ते नेपाल कम्युनिष्ट पार्टी(नेकपा) र राष्ट्रिय जनता पार्टी (राजपा)बीच भएको दुई बुँदे सहमतिपछि मधेसको मात्र होइन यसले देशकै राजनीतिमा सामान्य तरंग ल्यायो। सहमतिको पहिलो बुँदा (राष्ट्रियसभा सदस्य निर्वाचनमा दुबै दलबाट दुईदुई जना सदस्य)पूरा भएसँगै दोस्रो बुँदा कार्यान्वयनका लागि दुबै दलका नेताहरु कसरतमा लागेका छन्। दोस्रो बुँदा अर्थात राजनीतिक सहमतिका विषयमा समझदारी कायम गरेर अघि बढ्ने।

दोस्रो बुँदामा राजपाले राख्दे आएका माग सरकारले पूरा गर्ने हो। जसमा प्रतिनिधिसभा सदस्य निर्वाचित रेशम चौधरीको रिहाई प्रमुख हो। चौधरी टीकापुर घटनामा दोषी ठहर भई कारागारमा छन्। राजपाले नेकपासँग राजनीतिक सहमतिलाई अघि बढाउन चौधरीको रिहाईलाई प्रमुख एजेन्डा बनाएको राजपा स्रोतले बतायो। चौधरीको रिहाई प्रक्रिया अघि बढेसँगै नेकपा–राजपाबीच सहकार्य पनि उही रफ्तारमा अघि बढ्ने राजाप अध्यक्ष मण्डलका सदस्य शरदसिंह भण्डारीले बताए।

दुबै दलबीच दुई बुँदे सहमति बनिसकेको छ भण्डारीले नागरिकसँग भने,‘बल नेकपाको कोर्टमा छ। उनले थपे,‘ उहाँहरु(नेकपा) हाम्रो मागप्रति जती सकारात्मकता देखाउनुहुन्छ हामी त्यती लचकतासाथ सहकार्य अघि बढाउँछौं।’ अहिले नेकपाका अध्यक्ष पुष्पकमल दहाल प्रचण्डले माननीय रेशम चौधरीको रिहाईको विषयलाई गम्भीरतापूर्वक उठाउनु भएको सुनेको छुँ, उनले भने,‘नेकपाका शिर्ष नेताहरु टीकापुर घटनालाई राजनीतिक भन्न थाल्नुभएको छ, यो हाम्रो लागि नैतिक विजयी हो।’ यसलाई सकारात्मक रुपमा लिएका छौं, उनले थपे।

राजाप अध्यक्ष मण्डलका संयोजक महेन्द्र राय यादवले बिहिबार काठमाडौंको एक कार्यक्रममा रेशम चौधरीको मुद्दालाई राजनीतिक रुपमा सामाधान गर्न माग गरे। उनले रेशम चौधरीको मुद्दा सामाधन भए सरकारसँग सहकार्य(समर्थन) अघि बढ्ने संकेत दिएका छन्। यो सरकारसँग सहकार्य नै हुन सक्दैन भन्ने होइन उनले भने,‘हाम्रा मागमाथि प्याकेजमा सहमतीको ग्यारेन्टी भए सहमति सहज ढंगले अघि बढ्छ।’

समाजवादी – राजपा एकताको सकस

राजपा अध्यक्ष मण्डलका संयोजक महेन्द्र राय यादवले राजपा–समाजवादी पार्टीबीच एकता हुने बताएका छन्। उनले यो कुरा बताएसँगै दुई पार्टीबीचको एकताको बहस फेरि चुलिएको छ। यादवले भने,‘पार्टी एकिकरणका लागि बनेको वर्ता समितिले काम अघि बढाएको छ। अहिले पनि वार्ताहरु भैरहेको उनले बताए। उनले एकताको लागि धेरै कुरा मिलिसकेको जिकिर गरेका छन्। पार्टीको नाम, चुनाव चिन्ह र झण्डामा सहमति भैसके पनि नेतृत्व व्यवस्थापनमा एकता अड्केको उनको भनाई छ।

तर, राजपा अध्यक्ष मण्डलका सदस्य भण्डारीका अनुसार राजपा–समाजवादी पार्टीबीच एकताको बहस पुरानो भैसक्यो। नेकपा–राजपाबीचको सहमतीपूर्व राजपा–समाजवादीबीच एकताको भरपूर कसरत भएकै हो उनले भने,‘नयाँ राजनीतिक घटनाक्रमसँगै त्यो एकिकरणको अभ्यास बन्द भैसकेको छ।’ उनले थपे,‘तत्कालै यो अभ्यास सुरु भैहाल्ने संकेत पनि देखिदैन्।’

राजपा अध्यक्ष मण्डलका संयोजक यादवले प्रदेश नम्बर २ को सत्ता समिकरण नटुट्ने दाबी गरेको छ। उनले यो सरकार पाँच वर्षका लागि भएकोले बीचमै नफेरिने समेत बताए। उनले यो सरकार फेरिनेमा सत्यता नभएको उल्लेख गरे। तर, राजपाका अध्यक्ष मण्डल सदस्य भण्डारीले प्रदेश २ को सरकारप्रति सांसदहरुकै असन्तुष्टि व्यापक रहेको बताए। उनले भने,‘सरकारले आफूलाई सच्याउन सकेन भने बिकल्पको बारेमा सोचिन्छ।’ नेकपासँग गरिएको दुई बुंदे सहमति कार्यान्वयन भएमा प्रदेशको सत्ता समिकरण समेत फेरिन्छ, उनले भने। मिथिलेश यादवले नागरिकमा समाचार लेखेका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस

About NamasteNepali.com

View all posts by NamasteNepali.com →

Leave a Reply

Your email address will not be published. Required fields are marked *