महिला टिमको ऐतिहासिक उपलब्धि : सेन्ट्रल जोन भलिबलको उपाधि नेपाललाई

Spread the love

२८ कार्तिक, काठमाडौं : एसियन भलिबल कन्फेडेरेसन (एभीसी) सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिपको उपाधि नेपालले जितेको छ । बिहीबार भएको फाइनलमा माल्दिभ्सलाई ३-० को सोझो सेटमा हराउँदै नेपालले उपाधि उचालेको हो ।

बंगलादेशको सहिद सुहरावर्दी इन्डोर स्टेडियममा भएको माल्दिभ्सविरुद्धको खेलको सुरुमा ५-० अंकले पछि परेको नेपालले पहिलो सेट २५-१३ ले जितेको थियो । दोस्रो र तेस्रो सेटमा नेपालले एकतर्फी जित निकाल्दै उपाधि उचालेको हो । दोस्रो सेटमा २५-१२ र तेस्रो सेटमा २५-८ ले माल्दिभ्सलाई पाखा लगाउँदै नेपालले उपाधि उचालेको हो ।

नेपाली महिला टिमले उचालेको यो उपाधि ऐतिहासिक हो । नेपाली टोली लिग चरणमा नेपाल १२ अंकसहित समूह विजेता बन्दै फाइनलमा पुगेको थियो। लिग चरणमा ८ अंकसहित माल्दिभ्स समूह उपविजेता बन्दै फाइनलमा पुगेको थियो । लिग चरणमा नेपाल अपराजित टिम हो। लिग चरणको अन्तिम खेल अगावै नेपाल फाइनलमा पुगेको थियो ।

लिग चरणको अन्तिम खेलमा पनि नेपालले माल्दिभ्सलाई २५-१४, २५-६, २५-१३ अंकले हराएको थियो । लिग चरणमा नेपालले अफगानिस्तान, किर्गिस्तान र आयोजक बंगलादेशलाई पनि ३-० सेटले नै हराएको थियो । नेपाली भलिबलले जितेको यो हालसम्मकै सबैभन्दा ठूलो उपलब्धि हो ।

तीन वर्षअघि माल्दिभ्समा आयोजना भएको तेस्रो सिनियर पुरुष सेन्ट्रल जोन च्याम्पियनसिपमा नेपालको पुरुष टोलीले कांस्य पदक जितेको थियो । नेपाली भलिबलको ४१ वर्ष लामो अन्तर्राष्ट्रिय यात्रामा नेपाली पुरुष भलिबलले जितेको त्यो नै पहिलो अन्तर्राष्ट्रिय पदक थियो ।

नेपाली महिला र पुरुष भलिबल टोलीले एभीसी र अन्तर्राष्ट्रिय भलिबल महासंघ (फिभ) बाट आयोजित तथा मान्यता प्राप्त प्रतियोगितामा जितेको यो पहिलो पदक थियो ।

सन् १९७६ मा पाकिस्तानमा भएको काइदेआजम भलिबल प्रतियोगितामार्फत अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न सुरु गरेको नेपाली भलिबलले यसअघि एभीसी र फिभको प्रतियोगितामा पदक जित्न सकेको थिएन ।

नेपाली भलिबलको ४१ वर्ष लामो अन्तर्राष्ट्रिय यात्रामा नेपाली पुरुष भलिबलले जितेको त्यो नै पहिलो अन्तर्राष्ट्रिय पदक थियो ।

यसअघि नेपाली महिला भलिबल टोलीले दक्षिण एसियाली खेलकुद (साग) मा तीन पटक कांस्य पदक जितेको छ । नेपाली महिला टोलीले नेपालमै भएको आठौं, श्रीलंकामा भएको १० औं र भारतमा भएको १२औं सागमा कांस्य पदक जितेको थियो । यद्यपि साग खेलकुदलाई एभीसी र फिभले मान्यता दिएको थिएन ।

निकट भविष्यमा नेपालमै आयोजना हुने १३ औं सागको बन्द प्रशिक्षणमा रहेका १८ खेलाडीमध्येबाट उत्कृष्ट १२ खेलाडी छनोट गरी नेपाली महिला भलिबल टोली बंगलादेश गएको थियो ।

बंगलादेशबाट नेपाल फर्किएपछि सागका लागि १८ खेलाडी नै बन्द प्रशिक्षणमा रहेर प्रशिक्षण गर्नेछन् । – अन्नपूर्ण

तपाईको प्रतिक्रिया दिनुहोस

About NamasteNepali.com

View all posts by NamasteNepali.com →

Leave a Reply

Your email address will not be published. Required fields are marked *