‘राधे’मा २० मिनेटको क्लाइमेक्स खिच्न १२ करोड खर्च

Spread the love

एजेन्सी, मुम्बई, अभिनेता सलमान खानका यो वर्ष दुइटा नयाँ फिल्म आउँदैछन् – राधे र किक।

मिडडेमा प्रकाशित समाचारका अनुसार ‘राधे’ को क्लाइमेक्स दृष्यका लागि मात्रै बाह्र करोड रूपैयाँ खर्चिएको छ।

यो दृष्य जम्मा २० मिनेटको छ।यो दृष्यमा सलमानका साथै रनदीप हुडा हुने बताइएको छ।क्लाइमेक्सको दृष्य ‘क्रोमा की’ प्रविधिबाट खिचिएको र ‘भिएफएक्स’ मा डिजाइन हुने भएकाले लागत बढी परेको बताइएको छ।

क्रोमा की प्रविधि महँगो छ र धेरै बजेट भएका फिल्म निर्माताले मात्र यसको प्रयोग गर्न सक्छन्।

‘बाहुबली’ का दुवै भागमा यो प्रविधि प्रयोग भएको थियो। यसमा भिडिओको पृष्ठभूमि हरियो वा निलो हुन्छ जुन एकदमै महँगो हुन्छ। साथै यसमा प्रयोग हुने बत्तीहरूको लागत पनि धेरै पर्छ।

भिएफएक्स प्रविधिले आफूले चाहेको पृष्ठभूमि तयार गर्न सकिन्छ। निलो वा हरियो पृष्ठभूमि हटाएर रोजेको पृष्ठभूमि राखिने हो। यो पनि महँगो प्रविधिमा पर्छ।

हिन्दुस्तान टाइम्सका अनुसार ‘राधे’ फिल्मको फाइनल दृष्य दुबईमा खिचिएको छ। बाँकी दृष्य दिल्ली, कोलकाता, जयपुर, लखनउमा र केही ‘एक्सन’ दृष्य स्टुडियोमै खिचिएको छ।

क्लाइमेक्स २० मिनेटको दृष्यको खर्चका बारेमा निर्देशक प्रभु देवा र सलमान खानले पहिल्यै छलफल गरेका बताइएको छ। उनीहरूले भारू सात करोडको अनुमान लगाएका थिए।फिल्ममा दिशा पटानी, ज्याकी श्रफ र तामिल अभिनेता भरतको मुख्य भूमिका छ।

तपाईको प्रतिक्रिया दिनुहोस

About NamasteNepali.com

View all posts by NamasteNepali.com →

Leave a Reply

Your email address will not be published. Required fields are marked *