दोश्रो जिन्दगी पाएका उमेश १४ वर्षमा घर फर्किए, भावविह्वल बन्यो परिवार

Spread the love

जनकपुरधाम । साउदी अरबमा एक जना पाकिस्तानी नागरिकको हत्याको अभियोगमा मृत्यु दण्ड पाएका धनुषाको कमला नगरपालिका वडा नंं ५ घर भएका उमेश यादव आम माफी पाएर सोमबार घर फर्के पछि परिवारमा खुशियाली छाएको छ ।

पाकिस्तानी नागरिकको हत्या गरेको अभियोगमा साउदी अरबको जेलमा रहनु भएका यादवलाई त्यहाँका जुबेल अदालतले २०१८ मईको १५ तारेखमा मृत्यु दण्डको सजाय सुनाएको थियो । यादवको मृत्युदण्डको खवर नेपाल भरी नै छाएको थियो ।

यादवको मृत्यु दण्डको खबर विभिन्न संचार माध्यमवाट पाएपछि जनकपुरधामका एक सामाजिक अभियन्ता सरोज रायले हत्याको कारणको विषयमा अध्ययन गर्न उत्सुक भए । यादवले पाकिस्तानमा भएको घटनाको अध्ययन गर्दै जादा पाकिस्तानी नागरिकको भूलबस मृत्यु भएको थाहा पाए ।

समाजिक अभियन्ता यादवले पाकिस्तान स्थित नेपाली दुतावासको सहयोगमा मृतक पाकिस्तानी नागरिकका परिवारसंग भेटेर ब्लडमनी लिनका लागि आग्रह गर्दा मृतकका परिवारजनले स्वीकार गरेपछि ३० लाख पाकिस्तानी रकम दिएर उमेशलाई मृत्युको मुखवाट जोगाइयो समाजिक अभियन्ता यादवले बताउनु भयो । १४ वर्षपछि उमेश आज घर फर्किनु भएको छ ।

यस कामकाजमा नेपाल सरकार तथा सउदी अरबमा रहेका नेपाली राजदूतावासको पनि महत्वपूर्ण भूमिका रहेको सामाजिक अभियन्ता यादवले बताउनु भयो । उमेश यादव २००६ देखि नै पाकिस्तानी नागरिकको हत्याको अभियोगमा पूर्वपक्षका लागि साउदी अरबको जेलमा रहनु भएको थियो ।

उमेशले आफ्ना बृद्ध आमा, बुबा, श्रीमती सञ्जु यादव, १७ दिनका छोरा हितेश यादव, ४ वर्षको छोरा कमलेश यादवलाई छाडेर परिवार चलाउनका लागि धन कमाउन साउदी अरव गएको बेला उहाँले काम गर्ने कम्पनीमा दुई पक्षका बीचमा भएको झगडामा लडेर घाईते भएका पाकिस्तानी नागरिकको उपचारको क्रममा मृत्यु भएपछि उनलाई साउदी अरबका प्रहरीले पक्राउ गरेको थियो ।

१४ वर्ष पछि घर फर्केका उमेशका श्रीमती, छोरा तथा बृद्ध आमा बुबाको हर्षको सीमा छैन । यादव घर फर्किए पछि हर्षका कारणले परिवारजनका सदस्यहरु भावविह्वल बनेर मुख फोरेर रुवाबासी गरेका थिए ।

श्रीमान् संग सम्पर्क नभएको वर्षौ वित्दा पनि आउने आशमा दुई छोरालाई मजदूरी गरेर पालन पोषण गर्दै आएकी श्रीमतिको तपस्या उमेश घर फर्केपछि पूरा भएको स्थानीय छिमेकीहरुको भनाइ छ ।

लामो जेल जीवन विताएर घर फर्केका उमेशले पनि आफन्तलाई देखेपछि आफै मुख फोरेर रुनु भएको थियो । उमेशलाई स्वागत गर्नका लागि उनका परिवार सहित ईष्टमित्र, नातामा पर्नेहरु तथा गाउँलेहरू उल्लेख्य संख्यामा जनकपुर विमान स्थलमा पुगेको थियो ।

उहाँले अब स्वदेशमा नै बसेर रोजगारी गरी छोराहरूको पठन पाठन सहित श्रीमतीलाई उचित सम्मान तथा आमा बुबाको सेवा गर्ने बताउनु भएको छ । आफूलाई मृत्युको मुखवाट जोगाएर घर फर्काउने सवै पक्षलाई धन्यवाद दिदै आफूसँगै जेलमा मृत्यु दण्डका सजाय पाएका अरु नेपालीको ज्यान रक्षाका लागि नेपाल सरकारका परराष्ट्रमन्त्री प्रदिप ज्ञावालीसंग भेटगरी आग्रह गरेको उहाँले बताउनु भयो ।

उता उमेश यादव गाउँमा पुगेपछि स्थानीय बाँसीले भव्य रुपमा स्वागत गरेका थिए । गाउँलेहरु पनि उमेश आउने आश मारिसकेका कारण उहाँलाइ देखेपछि गाँउलेहरु पनि हर्षले विभोर भएका थिए । धर्बेन्द्र झाले गोरखापत्रमा समाचार लेखेका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस

About NamasteNepali.com

View all posts by NamasteNepali.com →

Leave a Reply

Your email address will not be published. Required fields are marked *