सम्पदा संरक्षणको ख्याल नगरी पर्यटन विकासको पहल थालिँदा ऐतिहासिक सिन्धुलीगढी सङ्कटमा

Spread the love

काठमाडौं, कात्तिक २८, पुरातात्त्विक महत्त्व एवं सम्पदा संरक्षणको ख्याल नगरी पर्यटन विकासको पहल थालिँदा ऐतिहासिक सिन्धुलीगढी सम्पदा सङ्कटमा परेको छ ।

गढीको ऐतिहासिक एवं पुरातात्त्विक महत्त्व र सम्पदा सङ्कटमा पर्दै गएकोमा पुरातत्त्वविद् एवं इतिहासकारहरू चिन्तित बनेका छन् ।

सिन्धुलीगढीको ऐतिहासिक गरिमा र महत्त्वलाई बुझ्न नसकिएकोप्रति चिन्ता व्यक्त गर्दै इतिहासकार प्रा. दिनेशराज पन्तले भने, “ऐतिहासिक स्थल र सम्पदा बरु त्यत्तिकै रहनु ठीक छ । ऐतिहासिक सम्पदा स्थलमाथि नयाँ निर्माणको शिलान्यास गर्नु भनेको सम्पदाको अन्त्य गर्नु हो ।” उनले पर्यटन विकासका नाममा ऐतिहासिक सम्पदामाथि बेवास्ता भएकोसमेत बताए ।

उनले सम्पदा क्षेत्रमा नयाँ संरचना निर्माणले पछिका अनुसन्धानमा गम्भीर असर पार्ने भन्दै सिन्धुलीगढी क्षेत्रमा वैज्ञानिक ढङ्गले खोज र अनुसन्धानसहित वीरगाथालाई सम्झाउने गरी पर्यटनको विकास गरिनुपर्ने बताए । यो समाचार आजको गोरखापत्र दैनिकमा दीपक श्रेष्ठले लेखेका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस

About NamasteNepali.com

View all posts by NamasteNepali.com →

Leave a Reply

Your email address will not be published. Required fields are marked *