युसाकूको मेइजावा : २० हजार युवती जसको प्रेमिका बन्न चाहन्छन्

Spread the love

जापानी अर्बपति युसाकू मेइजावा प्रेमिकाको खोजीमा छन् । उनी विश्वप्रसिद्ध व्यवसायी एलन मस्कको स्पेस एक्स कम्पनीको निजी चन्द्रमा यात्रामा जाने पहिलो व्यक्ति हुनेछन् । मेइजावा सन् २०२३ मा चन्द्रमा भ्रमणमा जानेछन् । आफ्नो चन्द्रमा भ्रमणमा साथ दिने जीवनसाथीको खोजीमा छन् ।

स्ट्रिमिङ सर्भिस एबेमा टीभीका अनुसार उनको प्रेमिका बन्न चाहने युवतीको संख्या २० हजार नाघिसकेको छ । यति ठूलो संख्याले चन्द्रमा भ्रमण गर्न लागेका जापानी अर्बपतिको प्रेमिका बन्न आवेदन दिएको छ । उनी ट्वीटर सेलिब्रिटी हुन् ।

गत हप्ता मेइजावाले रियालिटी सोमार्फत आफूसँग चन्द्रमा जाने रोमान्टिक पार्टनर चयन गर्ने घोषणा गरेका थिए । हजारौँ महिलाले उक्त सोमा भाग लिन आवेदन दिएका छन् ।

आवेदन साइटमा सोका सम्भावित प्रतियोगीले ‘प्रेम निदान परीक्षण’ पनि पार गर्नुपर्नेछ । यो परीक्षणले प्रतियोगी र अर्बपतिबीचको सुसंगति (कम्प्याटिबिलिटी) को जाँच गर्नेछ । परीक्षणमा विभिन्न प्रश्न सोधिनेछन् ।

‘तपाईंका अगाडि मेइजावाले अपान वायु छोडे भने तपाईं के गर्नुहुन्छ ?’ जस्ता उटपट्याङ प्रश्न पनि परीक्षणमा सामेल छन् । एबेमा टीभी सोमा जापानीभाषी प्रतियोगीले विदेशीसँग जोडी बाँध्ने र आफूभन्दा कम उमेरका पुरुषसँग डेटिङ जानेजस्ता क्रियाकलाप गर्नेछन् ।

तपाईको प्रतिक्रिया दिनुहोस

About NamasteNepali.com

View all posts by NamasteNepali.com →

Leave a Reply

Your email address will not be published. Required fields are marked *