कोरोना भाइरसका कारण २५ को ज्यान गयो : चीनका तीन शहरमा यातायात ठप्प

Spread the love

बेइजिङ : चिनमा कोरोना भाइरसको सङ्क्रमण थप फैलिन नदिन तीनवटा ठूला शहरमा यातायात सेवामा बन्देज लगाइएको छ। वुहान सहरका सबै सार्वजनिक यातायात तथा उडानहरू स्थगित गर्ने निर्णय गरेका छन्।

कोरोनाभाइरसका कारण अहिलेसम्म कम्तीमा २५ जनाको ज्यान गइसकेको छ भने ६ सय भन्दा धेरै सङ्क्रमित भएका छन्। नयाँ घातक भाइरस फैलनबाट रोक्न १ करोड १० लाख जनसङ्ख्या भएको वुहान शहरका साथै कुल ८५ लाख जनसङ्ख्या भएको ह्वाङ्ग गाङ्ग तथा इजौ शहरमा पनि यातायातमा बन्देज लगाइएको हो।

तीनै शहरका बासिन्दालाई शहरबाहिर नजान भनिएको छ। पछिल्ला दुवै सहर सङ्क्रमणको केन्द्रमा रहेको वुहान नजिकै छन्। वुहानमा यस अघि नै यातायातमा बन्देज लगाइसकिएको थियो। कोरोनाभाइरसको सङ्क्रमण रोक्न चीनको वुहानमा सबै उडान, रेल तथा बस सेवा बन्द गरिएको छ।

बिहीबार बिहानदेखि चिनियाँ नयाँ वर्षको बिदा हुँदै छ। यो बेला दशौँ लाख चिनियाँहरू आफ्नो जन्मथलो फर्कने गर्छन्। यातायात बन्द हुँदा उनीहरुलाई समस्या पर्ने भएको छ।

वुहान शहरका मेयरले त्यहाँ फैलिएको कोरोनाभाइरसको सङ्क्रमण नियन्त्रण गर्ने काममा अधिकारीहरूले तदारुकता देखाउन नसकेको स्वीकारेका छन्।

जापान, थाइल्याण्ड, फिलिपिन्स र दक्षिण कोरियामा समेत यो फैलिएपछि थप चिन्ता व्यक्त गरिएको हो । विश्वभरका स्वास्थ्यकर्मीले यसको कारण र समाधानका उपायबारे थप चासो देखाएका छन् ।

के हो कारण ?

कोरोना भाइरसको वास्तविक कारक सर्प हुनसक्ने बताइएको छ। चिनियाँ सर्प क्रेएइटबाटै यो भाइरस फैलिएको अनुसन्धानले देखाएको छ। जुन कोब्रा प्रजातिको मानिन्छ। र यस्ता सर्प अति विषालु तथा खतरनाकमध्ये मानिन्छन्। धेरैजसो मध्य र दक्षिणी चीन तथा दक्षिणपूर्वी एसियाली क्षेत्रमा यस्ता सर्प पाइन्छ।

के हो कोरोना ?

वैज्ञानिकहरुका अनुसार यो नयाँ किसिमको कोरोना भाइरस हो। जुन १७ वर्षअघि महामारी जस्तै बनेर फैलिएको मार्ससँग मिल्दोजुल्दो भएको उनीहरुको ठहर छ। विश्व स्वास्थ्य संगठनका वैज्ञानिकले नयाँ कोरोना भाइरसलाई ‘२०१९–एन सिओभी’ नाम दिएका छन्।

यसको आकारबाटै नामाकरण ‘कोरोना भाइरस’ भएको हो। जुन इलेक्ट्रोन माइक्रोस्कोपबाट यसको आकार खिच्दा यो सोलारको रुपमा देखिन्छ। सोही कारण पनि यसलाई कोरोना भाइरस भनिएको बताइन्छ। यो भाइरस मानिसबाट मानिसमा पनि सर्न सक्ने पुष्टि भइसकेको छ।

– बिबिसी

तपाईको प्रतिक्रिया दिनुहोस

About NamasteNepali.com

View all posts by NamasteNepali.com →

Leave a Reply

Your email address will not be published. Required fields are marked *