गण्डकी प्रदेश सांसद राजिव गुरुङ उर्फ दीपक मनाङे पक्राउ

Spread the love

पोखरा- गण्डकी प्रदेश सांसद राजिव गुरुङ उर्फ दीपक मनाङेलाई प्रहरीले पक्राउ गरेको छ। उनलाई लेकसाइडको होटल प्याराडाइजबाट इनिस्पेक्टर दिपक केसी कामाण्डको प्रहरी टोलीले पक्राउ गरेको हो। आजै मात्र अदालतले उनलाई पक्राउ पूर्जी जारी गरेको थियो।

एन्फा कास्की अध्यक्ष मिलन गुरुङले आफु माथि मनाङेले कुटपिट गरेको भन्दै बुधबार प्रहरीमा उजुरी दिएका थिए। आफूमाथि योजनाबद्ध ढंगले प्रदेश सांसद गुरुङले कुटपिट गरेको जाहेरीमा उल्लेख गरेका छन्।

गण्डकी प्रदेश स्तरिय मुख्यमन्त्री कप फुटबल प्रतियोगिताको उद्घाटन कार्यक्रम चलिरहँदा मनाङेले मंगलबार उनीमाथि कुटपिट गरेका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस

About NamasteNepali.com

View all posts by NamasteNepali.com →

Leave a Reply

Your email address will not be published. Required fields are marked *