पार्थीव शरीर व्यवस्थापन गर्ने एनआरएनएलाई रकम अपुग, परिवारलाई भने आर्थिक सहयोग गर्ने

Spread the love

लिस्बन । पोर्तुगलमा ज्यान गुमाएका दुई दाजुभाइको पार्थीव शरीर जनवरी २२ तारिख बुधवारका दिन दिउसो १:५५ बजे लिस्बनबाट दोहातर्फ उड्ने छ । २३ तारिख विहीबारका दिन नेपाली समय अनुसार बेलुकी ७:१० बजे त्रिभुवन विमानस्थलमा आफन्तहरुले पार्थीव शरीर बुझ्नेछन् ।

आज दिउसो गैरआवासीय नेपाली संघ (एनआरएनए), राष्ट्रिय समन्वय परिषद पोर्तुगलको कार्यालयमा राखिएको बैठकमा पार्थीव शरीर व्यवस्थापनका लागि सङ्कलित रकमको हिसाबकिताबबारे छलफल भएको छ । पोर्तुगल रहेका तीन दर्जन संस्थाहरुमध्ये मुश्किलले डेढ दर्जनले आर्थिक सङ्कलनमा सहयोग गरेका छन् ।

तामाङ समाज पोर्तुगलले ८९५ युरो सङ्कलन गरेको छ । जनसम्पर्क समिति पोर्तुगल ८१७ युरो, जनप्रगतिशील मोर्चा पोर्तुगलले ५४५ युरो र व्यवस्थापनको नेत्रित्व लिएको एनआरएनए, पोर्तुगलले ४३६ युरो मात्र सहयोग सङ्कलन गरेको छ ।

क्रम संख्या संस्थाको नाम जम्मा गरेको रकम (युरोमा) जम्मा रकम (युरोमा)
1 तामाङ समाज पोर्तुगल 895 895
2 जनसम्पर्क समिति पोर्तुगल 817 1712
3 जनप्रगतिशील मोर्चा पोर्तुगल 545 2257
4 एनआरएनए, पोर्तुगल 436 2693
5 रवीन अधिकारी 416 3109
6 मगर समाज पोर्तुगल 315 3424
7 नारायणकाजी मगर 301 3725
8 तमु समाज पोर्तुगल 270 3995
9 चितवन समाज पोर्तुगल 265 4260
10 गुल्मी समाज पोर्तुगल 252 4512
11 अवैतनिक वाणिज्यदूतावास लिस्बन 202 4714
12 ठकुरी समाज पोर्तुगल 191 4905
13 महिला समाज पोर्तुगल 185 5090
14 तनहुँँ समाज पोर्तुगल 121 5211
15 प्रवासी नेपाली एकता मञ्च पोर्तुगल 120 5331
16 नारी समाज पोर्तुगल 112 5443
17 नवलपुर समाज, पोर्तुगल 110 5553
18 मदन भन्डारी स्पोर्टस् एकेडेमी पोर्तुगल 75 5628
19 गणेश ज्ञवाली 51 5679
अन्य 10 5689

एनआरएनए, आइसीसी सदस्य रवीन अधिकारीले ४१६ युरो, मगर समाज पोर्तुगलले ३१५ युरो र अर्का आइसीसी सदस्य नारायणकाजी मगरले ३०१ युरो सङ्कलन गरेका छन् । तमु समाज पोर्तुगलले २७० युरो, चितवन समाज पोर्तुगलले २६५, गुल्मी समाज पोर्तुगलले २५२ युरो र अवैतनिक वाणिज्यदूतावास लिस्बनले २०२ मात्र सहयोग गरेको एनआरएनएले जानकारी दिएको छ ।

ठकुरी समाज पोर्तुगलले १९१, महिला समाज पोर्तुगलले १८५, तनहुँँ समाज पोर्तुगलले १२१, प्रवासी नेपाली एकता मञ्च पोर्तुगलले १२०, नारी समाज पोर्तुगलले ११२, नवलपुर समाज, पोर्तुगलले ११० र मदन भन्डारी स्पोर्टस् एकेडेमी पोर्तुगलले ७५ युरो आर्थिक सहयोग सङ्कलन गरेर शव व्यवस्थापनका लागि सहयोग पुर्‍याएका छन् ।

गणेश ज्ञवालीले ५१ युरो सहयोग गरेपछि कुल ५६८९ युरो सङ्कलन भएको छ । नेपाल पठाउन अन्तिम दाह संस्कारका लागि काम गर्ने एजेन्सी (फुनेररिया) कापुसुसले ६४०० युरो खर्च लाग्ने जनाएको छ । सम्भवत अपुग ७११ युरो एनआरएनएको कोषबाट ब्यहोरिने छ ।

पैसा उठेको छ तर एनआरएनएलाई नदिने

ब्रिल्यान्त हिमालय एशोशिएशन, नेपाली समाज र शेर्पा किदुकले आर्थिक सहयोग सङ्कलन गरेर पनि एनआरएनएलाई नदिने कुरा बजारमा हल्ला सुनिन आएको छ । एशोशिएशन समाज र किदुकले मृतकका परिवारलाई आर्थिक सहयोग गर्ने ती संस्थानिकट स्रोतहरुले बताएका छन् । व्यवस्थापनको जस आफैले लिन खोज्ने एनआरएनएले ४३६ युरो मात्र सङ्कलन गरेपछि गैरे नेत्रित्वलाई नैतिक दवाबस्वरुप ७११ युरो अपुग बनाइएको हुनसक्छ ।

एनआरएनएका उपाध्यक्ष सीता श्रेष्ठका अनुसार किराँत याक्थुङ चुम्लुङले आफ्नो हिसाब भोलि बुझाउने बताएको छ । पोर्तुगलमा सकृय संस्था भनिएका दर्जनौ समाजले पनि संस्थागत पहलमा रकम सङ्कलन गरेका छैनन् ।

एकाघरका दुई दाजुभाइ ५१ वर्षीय कमलबहादुर वाइबा तामाङ र ३४ वर्षीय सुरज वाइबा तामाङको जनवरी १२ तारिख आइतबारका दिन करिब दिउँसो १२:०० बजे समुन्द्रमा डुबेर असामयिक निधन भएको थियो ।

दाजु कमलको ६ वटा र भाइ सुरजका ४ वटा छोराछोरी रहेको आफन्तहरुले जानकारी दिएका छन् । तामाङ दाजुभाइ बल्छी लिएर माछा मार्न समुन्द्री किनारमा गएका थिए । उनीहरुलाई बोका दु इन्फेर्नो भन्ने ठाउँमा समुन्द्रमा डुबेको अवस्थामा भेटिएको थियो ।

स्थानीय समुन्द्री प्रहरीका कमान्डर रुइ पेरेइरा दि तेर्राका अनुसार उनीहरुको शरीर देखिएको करिब एक घण्टाको प्रयासपछि उद्धार सफल भएको थियो । उद्धार गरेर समुन्द्रबाहिर ल्याउदा दुवैको मृत्‍यु भइसकेको थियो । उद्धारमा समुन्द्री प्रहरी, बारुण यन्त्र र चिकित्सक गरी ३५ जना जनशक्ति परिचालन गरिएको तेर्राले बताएका थिए ।

परिवारसँगको छलफलबाट मृतकद्वयको पार्थीव शरीरलाई नेपालमा पठाउने प्रकृया थालिएको थियो । धादिङ घर भए पनि उनीहरुको परिवार केही समयदेखि सिमरामा वसोवास गर्दै आएका छन् ।

तामाङ दाजुभाइ विगत एक वर्षदेखि पोर्तुगलमा रहेका थिए । उनीहरु कास्काइसमा बस्ने गरेका थिए । पोर्तुगलमा २०१० यता ३२ नेपालीले ज्यान गुमाइसकेका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस

About NamasteNepali.com

View all posts by NamasteNepali.com →

Leave a Reply

Your email address will not be published. Required fields are marked *