नेपाली बक्सरले जिते जापानमा हिट ४६ किक बक्सिङको टाइटल

Spread the love

टोकियो । जापानमा आयोजित हिट ४६ किक बक्सिङको टाइटल नेपाली खेलाडी अबिरल घिमिरेले हात पार्न सफल भएका छन् ।

जनवरी १९ मा जापानको टोकियोमा आयोजित उक्त खेलमा जापानी खेलाडीलाई पहिलो राउण्डमै मुक्का प्रहार गरेर ढालेपछि २१ वर्षीय घिमिरेले हिट ४६ किक बक्सिङको टाइटल हात पार्न सफल भएका हुन् ।

झण्डै ५ सय बढी जापनीज नागरिक र ५० बढी नेपालीहरुको सहभागिता रहेको उक्त खेलमा घिमिरेले अहिलेसम्मकै ठूलो उपाधि हात पार्न सफल भएको बताइएको छ ।

हिमालयन चितुवाको रुपमा परिचित घिमिरे जापानको नागायोमा रहेर नेपालको प्रतिनिधित्व गर्दै व्यवसायिक खेल खेल्दै आएका छन् ।

उक्त अवसरमा खेलाडी घिमिरेले उपस्थित जापानीहरुलाई नेपाल भ्रमण वर्ष २०२० का बारेमा बताउँदै जापनीज भाषामै नेपाल घुम्न आउन भन्दै निमन्त्रणा समेत गरेका थिए ।

झण्डै चारवर्षदेखि जापानमा रहेर व्यवसायिक खेल खेलेर झण्डै १ दर्जन खेलमा जित हात पार्दै आएका घिमिरेले आइतबारको खेलको जितको उपाधि बुवा तथा प्रशिक्षक देव घिमिरे र अर्का जापानीज प्रशिक्षकमा समर्पण गर्ने बताएका थिए ।

तपाईको प्रतिक्रिया दिनुहोस

About NamasteNepali.com

View all posts by NamasteNepali.com →

Leave a Reply

Your email address will not be published. Required fields are marked *