कुकुरले मान्छे टोके समाचार बन्दैन… तर गुप्ताङ्गमै टोके नि !

Spread the love

प्यूठान । चाल्स एन्डरसन डानाले २ सय वर्षअघि पत्रकारिता सिकाउँदै लेखेका थिए– ‘कुकुरले मान्छे टोके समाचार बन्दैन, तर मान्छेले कुकुर टोके समाचार बन्छ।’ तर, उनले कहाँ टोक्यो भनेचाहिँ कुकुरले टोके पनि समाचार बन्छ भनेर चाहिँ लेखेनन्।

प्यूठान जिल्लाको झिमरुक गाउँपालिका–२ बाँदिकोटका एक बालकको लिङ्ग कुकुरले खाइदिएका कारण यो समाचारको विषय मात्र बनेन, उनी र उनका बाबुआमाका लागि गम्भीर पीडाको विषय बनेको छ।

प्यूठानको बाँदिकोटमा २०६१ सालमा जन्मेका सन्तोषको सुतेको समयमा छिमेकीको कुकुरले लि· खाइदिएको थियो। आमा बच्चालाई सुताएर बस्तुभाउलाई घाँसपात गर्दै हुनुहुन्थ्यो भने सन्तोषका बुबा गिरबहादुर केसी जागिरका लागि भारतमा हुनुहुन्थ्यो।

सन्तोष केसी अहिले १५ वर्षका भए। कुकुरले उनको लिङ्ग सात महिनाको बालकै हुँदा फेदैदेखि खाइदियो। केसी जब बालिग हुन थाले उनका परिवारमा चिन्ता थपिन थाल्यो। गरिब केसी परिवार यस बेला सहयोगको याचना गर्दै चारैतिर हात फिजाइरहेको छ।

छोराको उपचारका लागि आर्थिक अभाव भएपछि आमा बिजुली केसीले सबैसंँग सहयोगको आग्रह गर्दै भन्नुभयो– ‘उपचारका लागि धेरै ठाउँमा धायौं, तर खर्च नै धेरै भन्छन् ! सन्तोषको अहिले काठमाडौंस्थित सुष्मा कोइराला मेमोरियल अस्पतालमा पहिलो चरणको सल्यक्रिया सम्पन्न भएको छ।

प्यूठानको बाँदिकोटमा २०६१ सालमा जन्मेका सन्तोषको सुतेको समयमा छिमेकीको कुकुरले लि· खाइदिएको थियो। आमा बच्चालाई सुताएर बस्तुभाउलाई घाँसपात गर्दै हुनुहुन्थ्यो भने सन्तोषका बुबा गिरबहादुर केसी जागिरका लागि भारतमा हुनुहुन्थ्यो। पछि गिरिबहादुरको उतै निधन भयो। घरमा आर्थिक जोहो गर्ने कोही नहुँदा यो परिवार समस्यामा पर्यो।

सन्तोषका दाजु कामका लागि भारत गए पनि उनी पनि सम्पर्कमा छैनन्। बालकको त्यो अवस्था भएपछि विभिन्न ठाउँमा लगेर उपचार गरियो। तर, धेरै पैसा सकिसक्दा पनि उपचार पूरा हुन सकेको छैन। सन्तोषको समस्या झन् बल्झेको छ।

‘उपचारका लागि धेरै ठाउँमा धायौं, नेपाल र भारतका थुप्रै अस्पताल लग्यौं, २०६८ सालमा पहिलोपटक काठमाडांै साँखुको सुष्मा कोइराला मेमोरियल अस्पताले सल्यक्रिया गरी लि· बनाइदियो।’ –आमा बिजुलीले बताउनुभयो।

अहिलेसम्म सन्तोष सामान्य ढंगले पिसाब गर्न सक्दैनन्। दुख्ने, पोल्ने अनि छटपटाउने गर्छन्। यही अवस्था रहने हो भने, उपचार नहुने हो भने भोलि यौनक्रियामा पनि समस्या आउने डाक्टरहरूले नै बताएका छन्।

‘अहिलेसम्म घर–जग्गा बन्दगी राखेर धेरै पैसा सकिइसकेको छ।तर अहिले अँझै कति रकम लाग्ने हो, यति ठूलो रकम कसरी जुटाउने त्यही पीडाले म बौलाहीजस्तै भइसकें’ आमा बिजुलीले सहयोग गर्न चाहनेहरूका लागि सन्तोष केसीको नाममा राष्ट्रिय बाणिज्य बैंकको विजुवारको खाता नः ४४३००१८६६३१० मा रकम जम्मा गरिदिन सबैसँग बिन्ती गर्नुभएको छ।

उहाँले थप जानकारीका लागि भन्दै फोन नम्बरहरू पनि उपलब्ध गराउनुभएको छः ९८५७०७१७२७, ९८६०८४२२३२, ९८४९३७०९१५,९८४७८७९७७३ र ९८४७४५७४०२ ।

नेपाल समाचारपत्र दैनिकमा सलिम अन्सारीले समाचार लेखेका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस

About NamasteNepali.com

View all posts by NamasteNepali.com →

Leave a Reply

Your email address will not be published. Required fields are marked *