मेकअप कसरी गर्ने र कस्ता सामग्री प्रयोग गर्ने ?

Spread the love

– कमला श्रेष्ठ, वरिष्ठ सौन्दर्यविज्ञ

आफ्नो अनुहारलाई सुन्दर देखाउन तथा घाम र धुलोधुवाँबाट छालामा हुने असर कम गर्न मेकअप गर्ने गरिन्छ । सामान्य मेकअप गर्दा पनि क्लिन्जिङ, टोनिङ र मोस्चराइजिङ दैनिक गर्नुपर्ने हुन्छ । मेकअप कसरी गर्ने र कस्ता सामग्री प्रयोग गर्ने भन्ने विषय हामीले ध्यान दिनुपर्छ । सौन्दर्य प्रसाधनका सामानको सही प्रयोग गरिएन भने छालामा विभिन्न समस्या देखिन सक्छन् ।

असर

– सस्तो तथा बजारमा पाइने जस्तोसुकै मेकअपका सामान प्रयोग गर्नेहरूमा छालामा एलर्जीको समस्या हुने गर्दछ ।

– म्याद गुज्रेका कस्मेटिक प्रयोगमा ल्याउँदा छालामा संक्रमणको सम्भावना उच्च रहन्छ । हेभी मेकअप मोडेलको नियमित प्रयोग गर्नुहुँदैन ।

– दैनिक प्रयोगमा ल्याउने मेकअप हलुका हुनुपर्छ । अन्यथा, छाला नराम्रो देखिने, एलर्जी देखिने, पछि गएर दाग बस्ने, घाउ भएमा संक्रमण हुने समस्या हुन्छ ।

– छाला नरम बनाउने मेकअपका सामानमा पोलिइथाइलिन ग्लाइकोल पेग नामक रसायन राखिएको हुन्छ । जुन सबै प्रकृतिका छालाका लागि उपयुक्त नहुन सक्छ । जथाभावी प्रयोग गर्दा छालामा इन्फेक्सन हुने, पछि गएर छालामा दीर्घकालीन असर देखिन्छ ।

के गर्ने ?

– मेकअप उमेरअनुसार पनि फरक हुन्छ । प्रत्येकको छालाको प्रकृति फरक हुने भएकाले मेकअप गर्दा निकै ध्यान पु-याउनुपर्ने हुन्छ । त्यस्तै मौसमअनुसार तथा दिउँसो र रातिको समयमा प्रयोग गरिने मेकअप पनि फरक–फरक हुन्छ ।

– सकेसम्म छालाको प्रकृति जाँच गराएर कस्मेटिक प्रयोग गर्नुपर्छ । एकपटक प्रयोग गरेका सामग्रीले समस्या सिर्जना गरेमा फेरि प्रयोगमा ल्याउनुहुन्न ।

तपाईको प्रतिक्रिया दिनुहोस

About NamasteNepali.com

View all posts by NamasteNepali.com →

Leave a Reply

Your email address will not be published. Required fields are marked *