महिनावारी भएको बेला घरको बाटो हिंडेको भन्दै दुई महिलामाथि कुटपिट

Spread the love

धनगढी । छाउ (महिनावारी) भएको बेला घरको बाटो हिंडेको भन्दै कञ्चनपुर जिल्लामा दुई महिलामाथि कुटपिट भएको छ ।

जिल्लाको बेल्डाँडी गाउँपालिका १ की ३१ वर्षीया ईश्वरी खड्का र ३६ वर्षीया गीता खड्कामाथि कुटपिट भएको हो । महिनावारी भएको समयमा घर नजिकको बाटो भएर हिंडेको भन्दै स्थानीय दलबहादुर शाहले शुक्रबार कुटपिट गरेको पीडित महिलाका आफन्तले बताएका छन् ।

कुटपिटबाट घाइते महिलाहरुको बेल्डाँडी स्वास्थ्य चौकीमा उपचार हुन नसकेपछि धनगढी पठाइएको इलाका प्रहरी कार्यालय बेल्डाँडीले जनाएको छ । प्रहरीका अनुसार कुटपिटमा संलग्न दलबहादुरलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको छ ।

कुटपिटबाट घाइते महिलालाई धनगढीस्थित नोभा हस्पिटलमा उपचार भई घर फर्किसकेको प्रहरीको भनाई छ । दीपक ओलीले राजधानीमा समाचार लेखेका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस

About NamasteNepali.com

View all posts by NamasteNepali.com →

Leave a Reply

Your email address will not be published. Required fields are marked *