काँग्रेसका घर उज्यालो कम्युनिष्टका घर अन्धकार हुने अचम्मको गाउँ

Spread the love

२७ कात्तिक, जुम्ला । एकसय ७७ घरधुरी रहेको जुम्ला कोतिला गाउँपालिका ८ जुम्लाकोटमा बिजुली छ । तर, कांग्रेसका घर झिलिमिली हुँदा कम्युनिष्टका घरमा पिलपिले टुकी मात्रै बल्छन् । ०७३ अघिका पाँचवर्षको अवस्था ठीक उल्टो थियो । कम्युनिष्टका घर झिलिमिली हुन्थे कांग्रेसका घर अन्धकार ।

जुम्लाकोटमा शसस्त्र द्वन्द्वकालमा समेत नदेखिएको वैचारिक मतभेद ०६७ पछि ‘बिजुली राजनीति’ सँगै सुरु भएको बुधबारको नयाँ पत्रिका दैनिकमा समाचार छ ।

तत्कालिन माओवादी पक्षको सक्रियतामा सरकारी बजेटमा जुम्लाकोट साना जलविद्युत् आयोजना निर्माण भएको थियो । २७ लाख लागतमा निर्माण भई ०६७ साउनदेखि संचालनमा आएको २५ किलोवाटको बिजुली कम्युनिष्ट –कांग्रेस सबैले बाले । दुई वर्षसम्म सबै घर झिलिमिली भए ।

तर, ०६७ मै कांग्रेसका स्थानीय नेता प्रेम बस्नेत माओवादीमा प्रवेशसँगै सुरु भएको तिक्तता ०६९ सम्म पुग्दा बिजुली नबाल्ने निर्णयमा पुग्यो । माओवादी पक्षको सक्रियतामा वहिस्कार गर्‍यो ।

त्यसको दुईवर्षपछि ०७१ मा सुशील कोइारलाको नेतृत्वको सरकारसँगै लबिङ गरेर कांग्रेस पक्षधरले अर्को जलबिद्युत् आयोजना सञ्चालनमा बजेट पारे । ३० लाख बजेटमा पातालामा नौ किलोवाट बिद्युत् उत्पादन भयो । ०७३ देखि कांग्रेस पक्षधर सबै ४० घरमा पुन: विजुली बल्न थाल्यो ।

कांग्रेका घरमा विजुली बल्न थालेको एकवर्ष नवित्दै फेरि कम्युनिष्टको घर अन्धकार हुन थाल्यो । कारण थियो, जुम्लाकोट जलविद्युत् आयोजना बिग्रनु ।

तपाईको प्रतिक्रिया दिनुहोस

About NamasteNepali.com

View all posts by NamasteNepali.com →

Leave a Reply

Your email address will not be published. Required fields are marked *