बारम्बार चिप्लिन्छ राष्ट्रपति कार्यालय, फेरि अर्को ‘सिल्ली मिस्टेक’

Spread the love

काठमाडौं । राष्ट्रपतिको कार्यालय बारम्बार चिप्लिरहन्छ। यसैको परिणाम थियो दुई वर्ष अगाडि तत्कालीन एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गरेको मिति २०७४ फागुन ३ गते प्रधानमन्त्रीमा नियुक्त हुनुपर्नेमा राष्ट्रपति कार्यालयले सार्वजिनक गरेको पत्रमा मिति भने एक वर्षको फरक थियो ।

राष्ट्रपति कार्यालयले गरेको यो अन्तिम ‘गल्ति’ थिएन । यस्ता ‘सिल्ली मिस्टेक’हरु राष्ट्रपति कार्यालयबाट पटक पटक भइरहेका छन् ।

शुक्रबार फेरि अर्को गल्ति भयो । कुरा हो नेपाल भ्रमणमा रहेको जापानी जापानका संसदीय तथा विदेश उपमन्त्रीको राष्ट्रपति विद्यादेवी भण्डारीसँगको शिष्टाचार भेटको । यो भेट सम्बन्धि प्रेस विज्ञप्ति जारी गरेको राष्ट्रपतिको कार्यालयले मिति भने माघ १० गते उल्लेख गरेको छ । जबकी शुक्रबार माघ ३ गते शिष्टाचार भेट भएको हो ।

साँझसम्म सो गल्ति सच्याइएको छैन । – डिसी नेपालबाट

तपाईको प्रतिक्रिया दिनुहोस

About NamasteNepali.com

View all posts by NamasteNepali.com →

Leave a Reply

Your email address will not be published. Required fields are marked *