आबुधाबी दुर्घटनामा तीन नेपाली चेलीले ज्यान गुमाए, १४ जना घाइते (भिडियो)

Spread the love

काठमाडौं । युएईको आबुधाबीमा बिहीबार बस दुर्घटना हुँदा दुर्घटना ६ जानको मृत्यु भएको छ । मृतकमध्ये तीन जना नेपाली रहेका छन् । दुर्घटनामा १४ नेपाली घाइते भएका छन् ।

मृत्यु हुनेमा झापाकी कृष्णकुमारी अधिकारी, प्यूठानकी भावना कुँवर र अमिसा मोक्तान तामाङ (ठेगाना खुल्न बाँकी) रहेका छन् ।

सरसफाइसम्बन्धी काम गर्ने एमबीएम कम्पनीमा कार्यरत नेपाली चढेको बस बिहीबार अल रहा भन्ने स्थानमा दुर्घटना भएको थिए । उक्त बस गुडिरहेको लरीमा ठोक्किएको थियो । बसभित्र २३ कामदार र चालक गरी २४ जान थिए ।

घाइते हुनेहरूमा सिन्धुपाल्चोककी माया तामाङ, सरिता थापा, झापाकी तुलसा थापा, पवित्रा तामाङ र मुना राई छन् । त्यस्तै इलामकी सीता सुब्बा, मकवानपुर टिस्टुङ पालुङकी रीता सिवाकोटी, हेटौंडाकी मिना सिंह चापागाँउ, ललितपुरकी कमला नेपाली, दाङ घोराहीकी आशा घर्ती मगर, नुवाकोटकी सरिता तामाङ, सुनसरी धरानकी वर्षा विश्वकर्मा, चितवनकी निर्मला प्रजा र सुजला विश्वकर्मा छन् ।

घाइतेहरूको उपचारमा कम्पनीले सहयोग गरिरहेको नेपाली दूतावास अबुधाबीले जानकारी दिएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस

About NamasteNepali.com

View all posts by NamasteNepali.com →

Leave a Reply

Your email address will not be published. Required fields are marked *