पत्नीलाई परपुरुषसँग लिप्टीएको देखेपछि…

Spread the love

काठमाडौं । रुपन्देहीको सियारी गाउँपालिका–३ का सनी कुमालको ९ वर्षअघि तिलोत्तमा नगरपालिकाकी कान्छी सुवेदीसँग भेट भयो ।

स्थानीय कारखानामा काम गर्दै आएका सनीको कान्छीसँगको चिनजान माया प्रेममा परिणत भयो । चिनजानपछि भेटघाट निकै बाक्लिँदै गयो । उनीहरु भैंसी चराउने निउमा दिनभर एक अर्कासँगै बस्न थाले ।

एक अर्कासँग छुट्टिनै नसक्ने भएकाले विवाह गगर्ने निधो गरे । र घरबाट भागेर दुवैले विवाह गरे ।

विवाह गरेको दुई वर्षसम्म त दुवैबीचमा कुनै समस्या थिएन । तर छोरा जन्मिएको करिब डेढ वर्षपपछि दुवैबीच विवाद हुन थाल्यो ।

सँधै पारिवारिक कलहबाट दिक्क भएका सनी छोरा र श्रीमतिको माया मारेर भारत छिरे । भारतमा गएपछि उनी सात वर्षसम्म कसैको सम्पर्कमा आएनन् ।

कान्छी भने छोरालाई लिएर माइतीमा बस्दै आएकी थिइन् ।

तर एक्कासी घर फर्किए । ‘सात वर्षसम्म चेन्नइमा बसेँ, छोरा र श्रीमतिको माया लागेपछि घर फर्किएँ’ सनीले भने, ‘पहिलो दिन नै सासूसँग कुराकानी गरेर श्रीमती पठाइदिन अनुरोध गरेँ । पढ्दै गरेकाले छोरा हजुरआमासँगै बस्यो । भालिपल्ट श्रीमतिलाई भने आफ्नै साथमा ल्याएँ ।’

त्यसपछि कान्छी र सनी भाडामा बस्दै आए । उनीहरु सँगै बस्न थालेको दुई महिनाजति भएको थियो ।

पुस २२ गते सँधैंझै सनी कामबाट साँझ घर फर्किए । कान्छीले खाना पकाइरहेकी थिइन् । उनले शरीर थाकेकाले मदिरा सेवन गरेर मात्रै खाना खाने निधो गरे ।

पत्नीलाई मदिरा ल्याउन लगाएर खान बसे । मदिरा खाइसकेपछि दुवै परिवार खाना खान बसेका थिए । ‘हामी भर्खर खाना खान लागेका थियौं । कान्छी एक्कासी बाहिर गइन् । खाना पस्किन छाडेर तीन-चारपटक भित्र बाहिर गरेपछि मलाई शंका लाग्यो र बाहिर हेर्न गएँ’ सनीले प्रहरीसँगको बयानमा भने ।

बिरामी भइन् की भन्ने आशंकाले बाहिर निस्कका सनीले घर नजिककैको खेतबारीको दृश्यले होस हवास उड्यो । ‘म सातवर्षसम्म घर नआउँदा पनि उनले अर्को बाटो रोजिनन् । मेरै पर्खाइमा रहिछिन् भन्ने लागेर निकै गौरवान्वित भएको थिएँ । तर त्यो साँझको दृश्यले मेरा सबै सपना चकनाचुर भए,’ उनले भने ।

सनीका अनुसार आफू बाहिर निस्केपछि गाउँकै एकजना पुरुषसँग कान्छी लिप्टीएकी थिइन् । दुबैजना एक अर्कालाई चुम्बन गरिरहेका थिए । सनी बाहिर आएको थाहा पाएपछि ती युवक फरार भए ।

‘भातको थाल छाडेर बाहिर आउँदा देखिएको दृश्यले मैले आफूलाई सम्हाल्न गाह्रो भो । कान्छीलाई समातेर घरभित्र ल्याएँ । र हथौडाले टाउको र छातीमा प्रहार गरेर हत्या गरेँ,’ प्रहरीसँग सनीले भने ।

घटनालगत्तै अभियुक्त सनी कुमाललाई प्रहरीले पक्राउ गरेको थियो । उनले श्रीमतिलाई आफूले नै मारेको स्वीकारीसकेको समाचार आजको अन्नपूर्ण पोष्ट दैनिकमा सलमान खानले लेखेका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस

About NamasteNepali.com

View all posts by NamasteNepali.com →

Leave a Reply

Your email address will not be published. Required fields are marked *